मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वगभर्नर क्षेत्रीको नेतृत्वमा वायुसेवा निगम व्यवस्थापकीय सुधार अध्ययन समिति गठन

शुक्रबार, २४ चैत २०७९, १८ : २९
शुक्रबार, २४ चैत २०७९

काठमाडौँ । नेपाल वायुसेवा निगमको संरचनागत तथा व्यवस्थापकीय पक्षको अध्ययन गरी सुझाव पेस गर्न पाँच सदस्यीय अध्ययन समिति गठन भएको छ । पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन भएको हो । 

समितिमा क्याप्टेन ओम गुरुङ, सञ्चारकर्मी टिकाराम राई, वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट पियुस आनन्द र सहारा न्यौपाने सदस्य रहेका छन् । 

यस समितिले निगम भित्रको समस्या, व्यथित र अवस्था सुधारको सम्भावनाको खोजी गरी सोको प्रतिवेदन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाउने छ । 

यस्तै निगमको व्यवस्थापकीय पक्ष सुधार गर्न कस्तो व्यवस्थापन आवश्यक पर्ने हो ? पुनर्संरचना कसरी गर्नुपर्ने हो ?लगायतका ८ वटा विषयमा समितिले अध्ययन गर्ने मन्त्री सुदन किरातीले जानकारी दिए ।

पटकपटक समिति बन्ने, प्रतिवेदन पेश गर्ने तर निगमको स्थितिमा भने खासै सुधार आउन सकेको छैन । प्राप्त स्रोत साधन र सम्भावना हुँदाहुँदै पनि निगमले सक्षम बनेर निजी हवाई कम्पनीसँग प्रतिस्पर्धा गर्न सकिरहेको छैन । 

राष्ट्रिय ध्वजवाहक नेपाल वायुसेवा निगम अहिले पनि झण्डै ५० अर्ब रुपैयाँ बराबरको ऋणमा डुबेको छ । यसैको सुधारका लागि मन्त्री किरातीको सक्रियतामा निगमको संरचनागत तथा व्यवस्थापकीय सुधार अध्ययन समिति गठन भएको हो । 

अध्ययन समिति सदस्यहरु:

१. श्री दीपेन्द्रबहादुर क्षेत्री, पूर्व गभर्नर अध्यक्ष

२. श्री ओम गुरुङ, क्याप्टेन सदस्य

३. श्री टिकाराम राई, सञ्चारकर्मी सदस्य

४. श्री पियुस आनन्द, वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट  सदस्य

५. श्री सहारा न्यौपाने सदस्य

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप