मलेसियामा नेपाली मेनपावर व्यवसायीको शंकास्पद मृत्यु
काठमाडौँ । मलेसियामा एक नेपाली मेनपावर व्यवसायीको शंकास्पद मृत्यु भएको छ । शान्तिनगर काठमाडौंमा रहेको मार्भलस इम्प्लोईमेन्टका सञ्चालक ४६ वर्षीय रेन्जी राईको शंकास्पद मृत्यु भएको हो ।
४ दिन अगाडि मात्रै नेपालबाट मलेसिया निलाई भन्ने ठाउँमा गएका थिए । मलेसियामा शौचालयमा डोरीले पाँसो लगाएको अवस्थामा उनको शव फेला परेको छ । तर, खुट्टा भुईँमै छ भने डोरी समेत कमजोर क्लिपमा अड्काइएको छ ।
उनको कम्पनीमार्फत ६४ जना नेपाली कामदार मलेसिया गएका थिए । मलेसियाको स्टार डोमिन रिसर्च अन्तर्गतको ग्यान्टिन हाईलर भन्ने क्लिनर कम्पनीमा काम गर्दै आएका थिए । दुई महिना अगाडि मलेसियमा पुगेका उनीहरुले आफू समस्यामा परेको भन्दै राईलाई फोन गरेपछि उनी त्यहाँ गएको बताइएको छ ।
राईलाई मलेसियामा डिमाण्ड दिने ज्ञानेन्द्र हुसेनले आफैं आएर समस्या समाधान गर्न भनेका थिए । आफैं नआए श्रमिकहरुलाई नेपाल फिर्ता पठाइदिने धम्की दिएका थिए । त्यसपछि राई ४ दिन अगाडि मात्रै मलेसिया पुगेका थिए । मलेसिया पुगेर तिनै श्रमिकहरुको क्याम्पमा बस्दै आएका थिए ।
बिहीबार राति ८ बजेतिर मात्र श्रीमती इन्द्रसुबा राईसँग फोनमा कुरा भएको थियो । कुरा गर्ने क्रमा इन्द्रसुबाले होटलमा बस्न आग्रह गरेकी थिइन् । तर, उनले यतै केटाहरुसँग राम्रो छ भनेर त्यतै बसेका थिए । तर, राति उनी शौचालयमा डोरीले झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
राईको परिवारले भने उनले आत्महत्या गरेको नभई मारेर आत्महत्या जस्तो देखाउन खोजेको बताएको छ । ज्ञानेन्द्र हुसेनले मलेसियामा बसेर नेपाली मेनपावर व्यवसायीहरुलाई कामदारको डिमाण्ड दिँदै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण