रोमाञ्चक खेलमा श्रीलङ्कालाई हराउँदै न्युजिल्याण्डलाई शृङ्खला
क्वीन्सटाउन । अन्तिम टी–२० खेलमा श्रीलङ्कालाई ४ विकेटले पराजित गर्दै न्युजिल्याण्डले २–१ ले शृङ्खलामा कब्जा जमाउन सफल भएको छ । शनिबार भएको खेलमा श्रीलङ्काले प्रस्तुत गरेको १ सय ८३ रनको लक्ष्य न्युजिल्याण्डले ६ विकेटको क्षतिमा १ बल बाँकी छँदा पछ्याएको हो ।
खेलको अन्त्यमा लगातार तीन विकेट गुमाउँदै दबाबमा परेको न्युजिल्याण्डलाई रचिन रवीन्द्रले विजयी रन हिर्काउँदै जीतसम्म डोर्याए । यसअघि टिम सेफर्टले ८८ रन तथा कप्तान टम ल्याथमले ३१ रन बनाउँदै जीतको आधार तय गरेका थिए । श्रीलङ्काका लागि लिहारु कुमाराले ३ तथा प्रमोद मधुसूदन र महिश थिकशानाले १–१ विकेट लिए ।
यसअघि श्रीलङ्काले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १ सय ८२ रन बनाएको थियो । श्रीलङ्काका लागि कुशल मेन्डिसले सर्वाधिक ७३ रन बनाए । त्यस्तै, कुशल परेराले ३३ तथा धनन्जय डे सिल्भाले २० रनको योगदान दिए । न्युजिल्याण्डका लागि बेन लिस्टरले २ विकेट लिए । अन्तिम खेलमा प्लेयर अफ द म्याच चुनिएका सेफर्ट नै शृङ्खलाका उत्कृष्ट खेलाडी पनि चुनिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण