मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रोमाञ्चक खेलमा श्रीलङ्कालाई हराउँदै न्युजिल्याण्डलाई शृङ्खला

शनिबार, २५ चैत २०७९, १३ : ३७
शनिबार, २५ चैत २०७९

क्वीन्सटाउन । अन्तिम टी–२० खेलमा श्रीलङ्कालाई ४ विकेटले पराजित गर्दै न्युजिल्याण्डले २–१ ले शृङ्खलामा कब्जा जमाउन सफल भएको छ । शनिबार भएको खेलमा श्रीलङ्काले प्रस्तुत गरेको १ सय ८३ रनको लक्ष्य न्युजिल्याण्डले ६ विकेटको क्षतिमा १ बल बाँकी छँदा पछ्याएको हो ।

खेलको अन्त्यमा लगातार तीन विकेट गुमाउँदै दबाबमा परेको न्युजिल्याण्डलाई रचिन रवीन्द्रले विजयी रन हिर्काउँदै जीतसम्म डोर्‍याए । यसअघि टिम सेफर्टले ८८ रन तथा कप्तान टम ल्याथमले ३१ रन बनाउँदै जीतको आधार तय गरेका थिए । श्रीलङ्काका लागि लिहारु कुमाराले ३ तथा प्रमोद मधुसूदन र महिश थिकशानाले १–१ विकेट लिए ।

यसअघि श्रीलङ्काले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १ सय ८२ रन बनाएको थियो । श्रीलङ्काका लागि कुशल मेन्डिसले सर्वाधिक ७३ रन बनाए । त्यस्तै, कुशल परेराले ३३ तथा धनन्जय डे सिल्भाले २० रनको योगदान दिए । न्युजिल्याण्डका लागि बेन लिस्टरले २ विकेट लिए । अन्तिम खेलमा प्लेयर अफ द म्याच चुनिएका सेफर्ट नै शृङ्खलाका उत्कृष्ट खेलाडी पनि चुनिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप