गीत
गीत: बिहे गरेपछि...
शनिबार, २५ चैत २०७९, १५ : ०४
माया के हो, प्रीति के हो
बिहे गरेपछि पो थाहा भो
दिनको खुसी रातको खुसी
यो कस्तो मीठो चाहा भो
सुहागरातदेखि नै श्रीमतीको
नजर पिउन थालेँ
पिउँदा पिउँदै मायाको मातले
रमेर जिउन थालेँ
एकछिन छुट्टिनै मन नलाग्ने
मोहिनी मुस्कान हेरी
सुस्तरी छुन मात्र मन लाग्ने
कोमल वदन वरिपरि
सुख यही हो स्वर्ग यही
अँगालोमा बेरेर राख्छु
छुन्छु गाला रसिलो ओठ
मायाको मिठास चाख्छु
माया के हो, प्रीति के हो
बिहे गरेपछि पो थाहा भो
दिनको खुसी रातको खुसी
यो कस्तो मीठो चाहा भो ।
हालः लस एन्जेलस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण