बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
गीत

गीत: बिहे गरेपछि...

शनिबार, २५ चैत २०७९, १५ : ०४
शनिबार, २५ चैत २०७९

माया के हो, प्रीति के हो
बिहे गरेपछि पो थाहा भो
दिनको खुसी रातको खुसी
यो कस्तो मीठो चाहा भो 

सुहागरातदेखि नै श्रीमतीको
नजर पिउन थालेँ
पिउँदा पिउँदै मायाको मातले
रमेर जिउन थालेँ 

एकछिन छुट्टिनै मन नलाग्ने
मोहिनी मुस्कान हेरी
सुस्तरी छुन मात्र मन लाग्ने
कोमल वदन वरिपरि

सुख यही हो स्वर्ग यही
अँगालोमा बेरेर राख्छु
छुन्छु गाला रसिलो ओठ 
मायाको मिठास चाख्छु

माया के हो, प्रीति के हो
बिहे गरेपछि पो थाहा भो
दिनको खुसी रातको खुसी
यो कस्तो मीठो चाहा भो ।
हालः लस एन्जेलस
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राकेश कार्की
राकेश कार्की
लेखकबाट थप