आईपीएल क्रिकेट : चेन्नाईको दोस्रो जित
आइतबार, २६ चैत २०७९, ०६ : १९
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाई सुपर किङ्सले दोस्रो जित निकालेको छ । चेन्नाईले शनिबार वान्खडे रङ्गशालामा सम्पन्न खेलमा मुम्बई इन्डियन्सविरुद्ध सात विकेटको सहज जित निकाल्यो ।
घरेलु टिम मुम्बईले प्रस्तुत गरेको १५८ रनको लक्ष्य चेन्नाईले १८.१ ओभरमा तीन विकेट गुमाएर भेट्टायो । त्यसअघि टस हारेर ब्याटिङमा आएको मुम्बईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५७ रनको योगफल खडा गरेको थियो ।
जितसँगै तीन खेलबाट चार अङ्क जोडेको चेन्नाई तालिकाको चौथो स्थानमा उक्लिएको छ । दुई खेलमा अङ्कविहीन मुम्बई तालिकाको आठौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण