बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
अदालत

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज

आइतबार, २६ चैत २०७९, ०८ : ४९
आइतबार, २६ चैत २०७९

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँले आजका लागि मुद्दाको पेसी तोकेको हो । 

अघिल्लो साता पालो नपाएकाले मुद्दाको सुनुवाइ हुन सकेको थिएन । सो मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आजै सुनुवाइ हुने सम्भावना छ । 

पुस २९ मा लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका थिए । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालले पाँच बुँदे सर्तसहित उनलाई रिहा गर्न आदेश दिएका थिए । उच्च अदालतले जिल्ला अदालत काठमाडौँले गरेको पुर्पक्षका लागि थुनामा पठाएको आदेश बदर गरेको थियो ।

सर्वोच्च अदालतले लामिछानेलाई अदालतलाई जानकारी गराएर विदेशमा खेल्न जान अनुमति दिएको थियो । अब, उनको मुद्दामा जिल्ला अदालतबाट अन्तिम सुनुवाइ हुँदैछ । परिवर्तित नाम गौशाला–२६ ले उनीविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप