महासंघको निर्वाचन तालिका सार्वजनिक : के गर्न पाइन्छ, के गर्न पाइँदैन ?
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । महासंघको निर्वाचन समितिले यही चैत २९ गते काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।
कार्यतालिकाअनुसार चैत २९ गते विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ । उक्त अवधिसम्म मतदान केन्द्र प्रवेश गरिसकेका मतदाताले भने मतदान गर्न पाउनेछन् । यस्तै, विहान ८ बजेदेखि निर्वाचन हुन नसकेमा निर्वाचन रोकिने समयतालिका समेत थपिनेछ ।
यस्तै, पहिलोचरण वरिष्ठ उपाध्यक्षको उम्मेद्वारले ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने प्रावधानअनुसार मत नल्याएमा दोस्रो चरणको मतदान हुनेछ । र, दोस्रो चरणको मतदान चैत ३० गते नै दिउँसो ११ देखि साँझ ५ बजेसम्म हुनेछ । मतदाताले मतदान केन्द्रमा मोबाइल, क्यामेरा, सलाई, लाइटर लगायतका प्रज्वलनशील पदार्थ लग्न पाउने छैनन् । यसका साथै, मतदाताले मादक पदार्थ सेवन गरेर समेत मतदान केन्द्रमा जान नपाउने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण