शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

महासंघको निर्वाचन तालिका सार्वजनिक : के गर्न पाइन्छ, के गर्न पाइँदैन ?

आइतबार, २६ चैत २०७९, ११ : ११
आइतबार, २६ चैत २०७९

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । महासंघको निर्वाचन समितिले यही चैत २९ गते काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।

कार्यतालिकाअनुसार चैत २९ गते विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ । उक्त अवधिसम्म मतदान केन्द्र प्रवेश गरिसकेका मतदाताले भने मतदान गर्न पाउनेछन् । यस्तै, विहान ८ बजेदेखि निर्वाचन हुन नसकेमा निर्वाचन रोकिने समयतालिका समेत थपिनेछ ।

यस्तै, पहिलोचरण वरिष्ठ उपाध्यक्षको उम्मेद्वारले ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने प्रावधानअनुसार मत नल्याएमा दोस्रो चरणको मतदान हुनेछ । र, दोस्रो चरणको मतदान चैत ३० गते नै दिउँसो ११ देखि साँझ ५ बजेसम्म हुनेछ । मतदाताले मतदान केन्द्रमा मोबाइल, क्यामेरा, सलाई, लाइटर लगायतका प्रज्वलनशील पदार्थ लग्न पाउने छैनन् । यसका साथै, मतदाताले मादक पदार्थ सेवन गरेर समेत मतदान केन्द्रमा जान नपाउने व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप