शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

जब स्मार्टफोनले मुटु रोगबारे पनि पत्ता लगाउनेछ

आइतबार, २६ चैत २०७९, १२ : २०
आइतबार, २६ चैत २०७९

रगत जम्नु एक गम्भीर स्वास्थ्य समस्या हो । यदि तपाईंको रगत जम्ने क्षमता कम छ भने, तपाईं रक्तस्रावको सिकार हुन सक्नुहुन्छ । यसले आन्तरिक रक्तस्राव हुन सक्छ र तपाईंको मृत्युसमेत हुनसक्छ ।

र यदि रगत धेरै नै जमिरहेको छ भने तपाईं थ्रोमोबिसिसको खतराले घेरिन सक्नुहुन्छ । यसले तपाईंलाई हृदयाघात हुन सक्छ ।

रगतमा क्लटिङ भइरहेको छ वा छैन थाहा पाउनको लागि डाक्टरहरूले तपाईंको शरीरबाट एक सिरिन्ज रगत निकालेर यसको परीक्षण गर्नुपर्छ । तर अब तपाईं आफ्नो स्मार्टफोनको सहारामा आफैँले ब्लड क्लटिङको परीक्षण गर्न सक्नुहुन्छ । 

पहिलो मोबाइल फोन बनाउने टोलीको नेतृत्व गर्ने मार्टिन कूपरले यस हप्ता सेलफोन अब हाम्रो स्वास्थ्य अनुगमनका लागि महत्त्वपूर्ण औजार बन्ने बताए । अब यो सम्भावना साकार भइरहेको देखिन्छ ।

मार्च २०२२ मा, वासिङ्टन विश्वविद्यालयका वैज्ञानिकहरूले रगतको एक थोपामा क्लटिङबारे पत्ता लगाउनका लागि आइफोनको प्रयोग गरेका थिए । 

उनीहरुले डिभाइसको लाइट डिटेक्टिङ एन्ड रेन्जिङ सेन्सरको प्रयोग गरे जसले फोनको वरिपरिको थ्रिडी इमेज बनाउन प्लस्ड बीमको प्रयोग गर्छ । 

यो त्यो प्रविधि हो जसले तपाईंको डिभाइसलाई वास्तविक र भर्चुअल दुनियाँलाई अग्मेन्टेड रियालिटीसँग मिलाउनका लागि वस्तु वा दुरीको सटिक नाप लिन अनुमति दिन्छ ।

उदाहरणका लागि, यसले तपाईंको कोठामा फर्निचरको टुक्रा कस्तो देखिन्छ भनेर देखाउन सक्छ । यसले तस्बिर खिच्दा स्वतः फोकस सुधार गर्न पनि मद्दत गर्न सक्छ।

headacheफोनको क्यामेराको प्रयोग गरेर स्वास्थ्य जाँच

तर यसका लागि सेन्सर यति सटीक हुनुपर्छ कि यसले रगतको गाढापन र दूधमा मिसावटलाई समात्न सकोस् । जब प्रकाश तरल पदार्थको माध्यमबाट छरिएको हुन्छ, चिपचिप पनको आधारमा, लेजरको कम्पनले एक विशेष खालको ढाँचा सिर्जना हुन्छ ।

उदाहरणका लागि, यदि दूधमा बोसोको मात्रा फरक हुन्छ भने, ढाँचा परिवर्तन हुनेछ । रगत जम्ने अवस्थामा पनि त्यस्तै हुन्छ ।

काँचको स्लाइडमा राखिएको रगतको थोपाले गाढा र हल्का रगतबीच अन्तर गर्न अनुसन्धानकर्ता सक्षम भइरहेका थिए । 

हालैको एक अनुसन्धानमा समूहले रगत जम्ने कारण पत्ता लगाउनका लागि रगतको एक थोपामा तामाको कणको गतिलाई ट्र्याक गराउन स्मार्टफोनमा क्यामरा र भाइब्रेसन मोटरको प्रयोग गरे ।

अन्य अनुसन्धानकर्ता केही यस्ता प्रविधि विकसित गर्ने तयारीमा छन् जसले तपाईंको मुटुको स्वास्थ्य उदाहरणका लागि रक्तचापबारे पत्ता लगाउनका लागि फोनको क्यामरा प्रयोग गर्ने गर्छन् । 

टोरोन्टो विश्वविद्यालय, क्यानडा र चीनको झेजियाङमा होंगजू नर्मल युनिभर्सिटीका अनुसन्धानकर्ताले यस्तो एल्गोरिदम विकसित गरिरहेका छन् जसले स्मार्टफोनमा फ्रन्ट–फेसिङ क्यामराबाट लिइएको तस्बिरमा अनुहारमा नदेखिने रक्त प्रवाहलाई पनि पहिचान गर्न सक्छन् ।

चिनियाँ वैज्ञानिकको अर्को एउटा टिमले डिप–लर्निङ एल्गोरिदम विकसित गरेको छ, जसले स्मार्टफोनबाट दिइएको चार तस्बिरमार्फत मुटुको स्वास्थ्यको अन्य सङ्केत पनि समात्न सक्छ ।

smartphoneएल्गोरिदम र नवीनतम स्वास्थ्य संकेतकहरू

फोनबाट खिचिएका तस्बिरहरू – एउटा फ्रन्ट भ्यु, दुई प्रोफाइल र अर्को माथिबाट लिइएका तस्बिरमा यी सङ्केतबाट पत्ता लगाउन सकिन्छ । एल्गोरिदमले गाल, निधार र नाकमा धेरै सूक्ष्म परिवर्तनहरूमा ध्यान केन्द्रित गरेको देखिन्छ । उदाहरणका लागि, यसले छालाको मुनि चाउरी, धार र बोसो जमेको थाहा पाउन सक्छ । यसबारे सामान्य रूपमा थाहा पाउन गाह्रो हुन्छ । 

यसले ८० प्रतिशत केसहरूमा हृदय रोगलाई सही रूपमा पत्ता लगाउन सक्छ । तर, ४६ प्रतिशत केसमा यसले गलत पहिचान पनि गरेको छ ।

अर्थ यो हो कि यदि यसलाई प्रोफेसनल डायग्नोसिसको मद्दत लिइएन भने यसले बिरामीका लागि अनावश्यक चिन्ता पनि पैदा गर्न सक्छ ।

चीनमा नेशनल सेन्टर फर कार्डियोभास्कुलर डिजिजका जुन अनुसन्धानकर्ताले यो शोध गरेका थिए, उनीहरूका अनुसार यो डिभाइस ती रोगीहरूको पहिचान गर्ने एक सस्तो, सरल र असरदार तरिका हुनसक्छ जसलाई थप परीक्षणको आवश्यकता पर्छ ।

स्मार्टफोनले मुटुको ती अवस्थाबारे पत्ता लगाउन पनि मद्दत गर्न सक्छ जसको पहिचान मुस्किल हुन्छ । साथै, यो सस्तो र थप पोर्टेबल माध्यम साबित हुनेछ ।

checkupअब के होला ?

जेनिफर मिलर, लस एन्जलसको चिल्ड्रेन हस्पिटलका मुटु रोग विशेषज्ञ र युनिभर्सिटी अफ सदर्न क्यालिफोर्नियाका इन्जिनियरहरूले हातले समात्ने अल्ट्रासाउन्ड स्क्यानरको प्रोटोटाइप तयार गरेको छ, जुन इकोकार्डियोग्राम बनाउनका लागि स्मार्टफोनसँग लिङ्क गर्न सक्छ । 

इकोकार्डियोग्रामले मुटुमा रगत कसरी बगिरहेको छ भन्ने अवस्थाको निगरानी गर्न सक्षम हुनेछ ।

यद्यपि यी प्रविधिहरू अझै पनि अनुसन्धान र परीक्षणको विभिन्न चरणमा छन्, तर केही यस्ता चीजहरू तपाईंको फोनमा आएका छन्, जसबाट तपाईंले आफ्नो स्वास्थ्यको निगरानी गर्न सक्नुहुन्छ ।

‘द स्मार्टफोन : एनेटोमी अफ एन इन्डस्ट्री’ की लेखिका एलिजाबेथ वायेकले रिवा नामको एक अमेरिकी स्टार्ट–अपलाई उद्धृत गर्दै भन्छिन्, ‘फोनको क्यामरा र यसको फ्ल्यासको प्रयोगले रक्तचाप ट्र्याक गर्न सकिन्छ ।’

उनी भन्छिन्, ‘तपाईं आफ्ना औँलालाई स्मार्टफोनको क्यामरामा राख्नुहुन्छ र त्यसपछि यसले रक्तचाप ट्र्याक गर्नका लागि तपाईंका धमनीको रक्त प्रवाहलाई मापन गर्छ ।’

test

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप