रौतहटमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी
आइतबार, २६ चैत २०७९, १६ : ०३
रौतहट । रौतहटको माधव नारायण नगरपालिका–४ विशुनपूर्वा मानपुरमा भीषण आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी वीरबहादुर बुढामगरले हालसम्म ४ वटा घरमा क्षति पुगेको र आगलागी नियन्त्रण गर्ने प्रयास जारी रहेको जानकारी दिएका हुन् ।
यता आगलागीमा परेर घर, चौपाया अन्न, लताकपडा जलेर नष्ट भएको स्थानीय समाजसवी पारस भण्डारीले बताए । यद्यपि क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको छ। आगलागी लगतै गौर र चन्द्रनिगाहपुरका प्रहरीलाई खबर गरेपनि ढिला गरी दमकल आइपुगेको भण्डारीको गुनासो छ । हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय मिलेर आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् । पश्चिमबाट तीव्ररुपमा चलेको हावाको कारण आगलागी नियन्त्रण कठिनाई भइरहेको बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण