पञ्जीकरण विभागले सच्यायो मावली थर लेख्ने परिपत्र, अब आमाको थरबाट जन्म दर्ता हुने
काठमाडौँ । पञ्जीकरण विभागले यसअघिको बच्चाको जन्म दर्तामा मावली थर लेख्ने भनी स्थानीय तहलाई गरेको परिपत्र सच्याएको छ ।
आइतबार सबै वडा कार्यालयलाई पुनः परिपत्र गर्दै विभागले एकल महिलाबाट जन्मेका तर पितृत्वको ठेगान नलागेको बच्चाको जन्म दर्ता गर्दा आमाको थर र स्थायी ठेगाना राखी जन्म दर्ता गर्न भनेको छ ।
यसअघि विभागले एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगान नभएको बच्चाको मावलीकै थरबाट जन्मदर्ता गर्न वडालाई पत्राचार गरेको थियो । तर आइतबार विभागले एकल महिलाबाट जन्मेका तर पितृत्वको ठेगान नलागेको बच्चाको जन्म दर्ता गर्दा आमाको थर र स्थायी ठेगानाबाट गर्न निर्देशन दिएको हो ।
'विवाह अघि बच्चा जन्म भएको एकल महिलाले विवाह गरी पतिको ठेगानामा सँगै बसेको अवस्थामा आमा सूचक भई बच्चा जन्मँदा कायम भएको आमाको थर राखी हालको स्थायी ठेगानामा जन्म दर्ता गरिदिने । यदि बच्चा मावलीमा बसेको भए सोही ठेगानामा जन्म दर्ता गरिदिने,' विभागको परिपत्रमा भनिएको छ, 'बच्चाको जन्म दर्ता भइसकेपछि पितृत्व र बाबुको ठेगान पत्ता लागेको अवस्थामा माथि प्रकरण नम्बर (१) र (२) अनुसार भएको जन्म दर्ता नियमानुसार रद्द गरी बाबुको ठेगानाबाट बाबु वा आमा वा दुबैको थर राखी नयाँ जन्मदर्ता गरिदिने ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण