बागमती प्रदेशका दुई जना नवनियुक्त मन्त्रीले लिए शपथ
मकवानपुर । बागमती प्रदेशका नवनियुक्त दुई जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले उनीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली कांग्रेसका संसदीय दलका नेता बहादुरसिंह लामा र तीर्थ लामालाई आइतबार मन्त्रीमा नियुक्त गरेका थिए ।
बहादुरलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र तीर्थ लामालाई खानेपानी तथा योजना मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली कांग्रेसका संसदीय दलका नेता बहादुरसिंह लामा र तीर्थ लामालाई आइतबार मन्त्रीमा नियुक्त गरेका थिए ।
प्रदेशका ११ मन्त्रालयमध्ये ४ वटामा माओवादी केन्द्रका मन्त्री छन् भने २ मन्त्रालयमा कांग्रेसका मन्त्री नियुक्त भएका छन् । यसअघि रिक्त रहेका ७ मन्त्रालय मुख्यमन्त्री जम्कट्टेलले आफै समाल्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण