शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

बागमती प्रदेशका दुई जना नवनियुक्त मन्त्रीले लिए शपथ

आइतबार, २६ चैत २०७९, १९ : ०४
आइतबार, २६ चैत २०७९

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त दुई जना  मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले उनीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली कांग्रेसका  संसदीय दलका नेता बहादुरसिंह लामा र तीर्थ लामालाई आइतबार मन्त्रीमा नियुक्त गरेका थिए ।

बहादुरलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र तीर्थ लामालाई खानेपानी तथा योजना मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली कांग्रेसका  संसदीय दलका नेता बहादुरसिंह लामा र तीर्थ लामालाई आइतबार मन्त्रीमा नियुक्त गरेका थिए । 

प्रदेशका ११ मन्त्रालयमध्ये ४ वटामा माओवादी केन्द्रका मन्त्री छन् भने २ मन्त्रालयमा कांग्रेसका मन्त्री नियुक्त भएका छन् । यसअघि रिक्त रहेका ७ मन्त्रालय मुख्यमन्त्री जम्कट्टेलले आफै समाल्दै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप