उपनिर्वाचन हुने क्षेत्रमा राप्रपाले गर्यो सम्पर्क कार्यालय स्थापना
चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपनिर्वाचन हुने क्षेत्रका विभिन्न वडामा सम्पर्क कार्यालय स्थापना गरेको छ । चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि वडामा सम्पर्क कार्यालयको स्थापना गरेको हो ।
आइतबार कालिका नगरपालिकाको वडा नम्बर ५,६ र ८ मा सम्पर्क कार्यालयको स्थापना गरिएको प्रचारप्रसार संयोजक तथा राप्रपा भरतपुरका सचिव सुलभ सिग्देलले जानकारी दिए ।
यसअघि भरतपुर वडा नम्बर ३, ५, ६ र ७ मा सम्पर्क कार्यालयको स्थापना गरिसकेको संयोजक सिग्देलले बताए । उनका अनुसार भोलि भरतपुरको १०, ११ र १२ न। वडामा सम्पर्क कार्यालयको स्थापना गरिनेछ ।
सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै उपनिर्वाचनका उम्मेदवार जीवलाल पुरीले यसवर्ष पार्टीले आफूलाई निर्वाचित हुने विश्वासका साथ टिकट दिएको बताए । उनले सबैलाई सहयोग गरी निर्वाचित गराउन अनुरोध गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण