आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

उपनिर्वाचन हुने क्षेत्रमा राप्रपाले गर्‍यो सम्पर्क कार्यालय स्थापना

आइतबार, २६ चैत २०७९, १९ : ३०
आइतबार, २६ चैत २०७९

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपनिर्वाचन हुने क्षेत्रका विभिन्न वडामा सम्पर्क कार्यालय स्थापना गरेको छ । चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि  वडामा सम्पर्क कार्यालयको स्थापना गरेको हो ।

आइतबार कालिका नगरपालिकाको वडा नम्बर ५,६ र ८ मा सम्पर्क कार्यालयको स्थापना गरिएको प्रचारप्रसार संयोजक तथा राप्रपा भरतपुरका सचिव सुलभ सिग्देलले जानकारी दिए । 

यसअघि भरतपुर वडा नम्बर ३, ५, ६ र ७ मा सम्पर्क कार्यालयको स्थापना गरिसकेको संयोजक सिग्देलले बताए । उनका अनुसार भोलि भरतपुरको १०, ११ र १२ न। वडामा सम्पर्क कार्यालयको स्थापना गरिनेछ । 

सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै उपनिर्वाचनका उम्मेदवार जीवलाल पुरीले यसवर्ष पार्टीले आफूलाई निर्वाचित हुने विश्वासका साथ टिकट दिएको बताए । उनले सबैलाई सहयोग गरी निर्वाचित गराउन अनुरोध गरे । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप