मन्त्रालयबाट बाहिरिँदै कर्मचारीलाई विनोद शाहले भने–मबाट कुनै गल्ती भएको भए क्षमा चाहन्छु
आइतबार, २६ चैत २०७९, २१ : ०१
सुर्खेत । आइतबार पदबाट राजीनामा दिएका कर्णाली प्रदेशमा निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह आजै मन्त्रालयबाट बिदाइ भएका छन् । मन्त्रालयबाट बाहिरिँदै गर्दा शाहले कर्मचारीलाई कसैको दबाबमा नपर्न सुझाव दिएका छन् ।
आफूबाट कुनै गल्ती भए क्षमा माग्दै शाहले भने,‘ मैले धेरै कुरा सुनिरहेको छु, मबाट कुनै त्यस्तो दबाब सृजना भएको छ, अप्रिय व्यवहार भएको छ भने क्षमा माग्न चाहन्छु । जहिले मलाई माया गर्नुहुने छ भन्ने मलाई विश्वास छ ।’
साथै उनले कर्मचारीलाई राजनीतिक गर्ने व्यक्तिबाट सजग रहन समेत अनुरोध गरेका छन् । ‘राजनीतिमा आफूलाई बिर्सेर उठ्ने प्रयत्न गर्छन्, तिनीहरूबाट सजग रहनुहोला, तिनीहरूलाई परास्त गर्नुहोला,’ उनले थपे ।
शाहसहित एमालेका तीन मन्त्रीले आइतबार मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा बुझाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण