दुर्गा प्रसाईंसँग पैसा मागेको आरोप लागेका रास्वपाका सांसदले भने : म माथि षडयन्त्र भयो
काठमाडौँ । रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले आफूमाथि नियोजित षडयन्त्र भएको आरोप लगाएका छन् । व्यापारी दुर्गा प्रसाईँसँग फोन सम्वाद गरी २ करोडको बार्गेनिङ गरेको अडियो बाहिर आएलगत्तै सांसद श्रेष्ठको निजी सचिवालयले आइतबार एक विज्ञप्ति जारी गरी फोन सम्वादमा बोलेका अभिव्यक्तिहरु श्रेष्ठका नभएको बताउँदै सो अडियो सांसद श्रेष्ठको राजनैतिक भविष्य लक्षित गरी गरिएको षडयन्त्र भएको आरोप लगाएको हो ।
विज्ञप्तिमा भनिएको छ : ‘सो अडियोमा भनिएकोजस्तो मा.डा.ढाकाकुमार श्रेष्ठलाई मन्त्री बनाउने कुरो पार्टीमा नउठेको हुँदा यो योजनाबद्ध ढंगले मा डा.ढाकाकुमार श्रेष्ठको इज्जत, मान मर्यादालाई गिराउन केही समूहहरु हात धोएर लागेको प्रस्ट छ ।’श्रेष्ठको सचिवालयले सो भ्वाइस राख्ने मिडियाप्रति विद्युतीय ऐन २०६४ अनुसार कडाभन्दा कडा कार्वाहीको प्रक्रिया अगाडि बढाउने चेतावनी समेत दिएको छ ।
‘सो भ्वाइस राख्ने मिडियाप्रति विद्युतीय ऐन २०६४ अनुसार कडाभन्दा कडा कार्वाहीको प्रक्रिया अगाडि बढ्ने जानकारी गराउँदै सम्पूर्ण आफन्त, साथीभाई, शुभचिन्तकहरुमा मा.ढाकाकुमार श्रेष्ठ निस्वार्थ इमान्दार कर्मठ, एक व्यक्तित्व रहनुभएकोले यो नियोजित कपोकल्पित भ्रमको पछि नपरिदिनुहुन अनुरोध गर्दछौं । र शीघ्र सत्य तथ्य छानबिन गरी सत्य कुरा बाहिर ल्याउने छौं’ विज्ञप्तिमा भनिएको छ ।
सांसद श्रेष्ठले दुर्गा प्रसाईंसँग आर्थिक लेनदेन गरेको अडियो आइतबार बाहिर आएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण