रास्वपा भ्रष्टहरुलाई राख्ने र जोगाउने पार्टी होइन : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी भ्रष्टहरुलाई राख्ने र जोगाउने पार्टी नभएको बताएका छन् । आइतबार राति सामाजिक सञ्जालमार्फत सभापति लामिछानेले आफ्नो पार्टीमा पैसाको लेनदेन हुनु त परको कुरा लेनदेनको कुरा मात्र गर्दा पनि आफुहरुले नसहने बताएका छन् ।
उनले भनेका छन् : ‘ढुक्क हुनुस् रास्वपा भ्रष्टलाई राख्ने, जोगाउने, पाल्ने पार्टी होइन। पैसाको लेनदेन हुनु त परको कुरा लेनदेनको कुरा मात्र गर्दा पनि हामी सहदैनौं। कडा भन्दा कडा कारवाही गर्छौ। बेथितिको बचाउ गर्दैनौं बरु उदाङो पारी दण्डित गर्छौ।’
लामिछानेले पार्टी नयाँ भएकोले मान्छे चिन्न गाह्रो भएको बताउँदै तर पार्टीमा विधि भएकोले चिन्ता गरिरहनुनपर्ने बताएका छन् । उनले भनेका छन् : ‘२ करोड त के पृथ्वी भरीको पैसा दिन्छु भने पनि मसँग यो धन्दा चल्दैन भन्ने सबलाई थाहा छ। हो, पार्टी नयाँ छ, मान्छे चिन्न गाह्रो छ तर नयाँ भएपनि पार्टीमा विधि छ र त चिन्ता गर्नुपर्दैन।’
आइतबार व्यावसायी दुर्गा प्रसाई र सो पार्टीका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठबीच आर्थिक लेनदेन गरेको अडियो बाहिर आएको थियो । लामिछानेले अहिले सोही प्रकरणलाई चुनावी हतियार बनाएर विपक्षीहरुले थप आक्रमणका लागि भएभरको शक्ति लगाएको आरोप समेत लगाएका छन् ।
‘रगत पसिना बगाएर हामीले बनाएको पार्टी हो, आँधीहुरी सुनामी छेक्न सक्नुपर्छ। अब यसलाई चुनावी हतियार बनाउँदै थप आक्रमणका लागि भएभरको शक्ति लगाइँदै छ’ उनले भनेका छन् । सांसद श्रेष्ठलाई पार्टीले २४ घण्टे स्पष्टीकरण पनि सोधिकसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण