मधेस प्रदेश सभाको बैठक दिउँसो १ बजे बस्दै
सोमबार, २७ चैत २०७९, ०८ : ४३
जनकपुरधाम । मधेस प्रदेश सभाको बैठक आज दिउँसो बस्ने भएको छ । प्रदेश सभा सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्ने भएको हो ।
प्रदेश सभाको बैठक आज करिब दुई महिना पश्चात बस्न लागेको हो । यसअघि गत फागुन ४ गते प्रदेश सभाको बैठक बसेको थियो । आजको बैठकमा प्रदेश खेलकुद विकास ऐन, २०७९ पेस हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
विभिन्न छ वटा विधेयक तयारी अवस्थामा रहेपनि सरकारले बैठकमा खेलकुद सम्बन्धी विधेयक मात्रै प्रदेशसभामा पठाएको छ । मन्त्रालयका सचिवहरुको ढिलाइका कारण अन्य विधेयकहरु प्रदेश सभामा जान पाएको छैन । मुख्यसचिवको अनुपस्थिति र सरुवाले समेत विधेयकलाई मन्त्रिपरिषदबाट निर्णय गराउन नसकि समस्या देखिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण