तोलामा ७ सय रुपैयाँले घट्यो सुनको मूल्य
सोमबार, २७ चैत २०७९, १० : ४३
काठमाडौँ । सोमबार स्थानीय बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले सस्तिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ७ सय रुपैयाँले घट्दै १ लाख ९ हजार ३ सय रुपैयाँमा झरेको हो ।
यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ७ सय रुपैयाँले नै घट्दै प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले घट्दै एक हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण