जनता आवास : घरबारविहीनलाई स्थानीय सरकारको छत
दाङ । हरियो जस्तापाताले छाएको छानो, पहेँलो रङको भित्ता भएको चिटिक्कको घर । केही ढोका खुल्लै छन्, केही बन्द । ६ घरको एउटै आँगन छ । टाढाबाट हेर्दा एउटै परिवारको घर जस्तो देखिन्छ । तिनै घरमा बस्छन् बंगलाचुली गाउँपालिका वडा नं. ३ कुईजा सुनिता बिक र डुुब्रयका दुर्गा बहादुर नेपालीको परिवार । स्थानीय सरकारले घरबारविहीन परिवारहरूको सुरक्षित बसोबास लागि बंगलाचुली गाउँपालिका वडा नं. ४ तापाचोकमा जनता आवास परियोजना निर्माण गरेको थियो । उनीहरू ०७७ देखि त्यही परियोजनाले निर्माण गरेको घरमा बसोबास गर्दै आइरहेका छन् ।
घर नभएका विक र नेपालीको परिवारको दुःख जनता आवासले कार्यक्रमले केही कम गरेको छ । तर बासको व्यवस्था भए पनि उनीहरूको गाँसको दुःख भने जस्ताको त्यस्तै छ । सुनिता विकले भनिन्, ‘बासको धेरै दुःख थियो । कहिले छिमेकीको गोठमा बस्यौँ, कहिले भाँडामा बस्यौँ । बालबच्चा बोक्दै कहिले कता, कहिले कता जानुपर्यो । जहिलेदेखि सरकारले बास दिएदेखि आनन्द छ ।’
सुनिता र उनको परिवारको अवस्था निकै दयनीय छ । बिहान–साँझको दुुई छाक जुटाउन धौ–धौ छ । उनीहरूका लागि आफ्नै घरमा बस्ने रहर सपना जस्तै हो । सुनिताले भनिन, ‘बाँच्नै मुस्किल छ । घर बनाउन कहाँ सकिन्थ्यो र ? सरकारले बस्ने यही बास दिएको छ । यसैमा दुःख सुख चलिरहेको छ ।’
जनता आवासभित्रको खुसी र पीडा उनको मात्रै होइन सुनिताका परिवारसँगै बसोबास गरिरहेका छिमेकी दुर्गाबहादुर नेपालीको पनि उस्तै छ । उनको ६ जनाको परिवार आवासमा बसोबास गर्छन् । नेपालीको परिवारको गाँस गाउँघरकै ज्याला मजदुरीले टारेको छ ।

उनले भने–‘बासको दुःख सरकारले टारेको छ, गाँसको दुःख ज्याला मजदुरीले टारेका छौँ ।’ घरबारविहीन परिवारका लागि सरकारले आवासको व्यवस्थापन नगरेको भए बालबच्चा कहाँ राख्ने भन्ने बाध्यताले छोड्ने थिएन । सरकारले बस्ने आवासको निर्माण गरी बासको दुःख टारिदिएको उनको भनाई छ ।
सरकारले खानेपानी, बिजुली बत्तीसहितको आवास सेवा पुर्याउँदै आइरहेका उनीहरूले गरिब परिवारका लागि सरकार भएको महसुस भएको सुनाए ।
बिक र नेपाली परिवार मात्रै होइन बंगलाचुुली गाउँपालिकाले घरबारविहीन परिवारका लागि गाउँपालिकाका ४ वटा वडामा ३० वटा घर निर्माण गरेको छ । गाउँपालिकाले वडा नंं १ र २, र ८ मा ६–६ वटा र वडा नंं ५ मा १२ वटा आवास निर्माण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण