मेयर बालेनलाई गृहमन्त्री श्रेष्ठको प्रश्न : सिंहदरबारको फोहोर उठाउँदिन भन्न मिल्छ कि मिल्दैन ?
चितवन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारको फोहोर उठाउँदिन भनेर भन्ने मिल्छ कि मिल्दैन ? भन्दै प्रश्न गरेका छन् । सोमबार चितवनका सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री श्रेष्ठले ‘सार्वजनिक रूपमै मेयर शाहले सिंहदरबारको फोहोर उठाउँदिन भनेर भन्दा समाजले के भन्छ ?’ भन्दै प्रश्न गरेका हुन् ।
‘काठमाडौँ महानगरपालिकाको मेयरले सिंहदरबारको फोहोर उठाउँदिन भन्न मिल्छ कि मिल्दैन ? अझ सार्वजनिक रूपमा, सामाजिक सञ्जालमार्फत मिल्छ कि मिल्दैन ?’, प्रश्न गर्दै उनले भने, ‘यसले महानगरपालिका र स्वयं मेयरलाई समाजका अगाडि कसरी प्रस्तुत गर्छ भन्ने कुरा उहाँले नै सोच्नुपर्यो ।’
शनिवार मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका थिए । उनले गृह मन्त्रालयले काठमाडौँ महानगरसँग समन्वय नगर्ने नभनेको पनि बताए । ‘समन्वय गर्नलाई यो यो समस्या छ, यसलाई यसरी समाधान गर्नुपर्छ भनेर पुष्टि हुनेगरी भनेपछि सहयोग गर्ने कुरा हुन्छ, त्यसमा गृह मन्त्रालय समन्वयबाट पछि हट्दैन ।’
उनले नेपालको राजनीतिलाई सकारात्मक दिशामा लैजान आफैले आफैतिर हेर्नुपर्ने भन्दै अरूको हकमा बोल्ने तर आफूलाई नहेर्ने प्रवृत्ति सच्याउन जरुरी रहेको बताए । ‘क्लिन पोलिटिक्स चेन्ज कन्ट्री भन्छु म’, मन्त्री श्रेष्ठको भनाइ छ । रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठको २ करोडबारे सार्वजनिक भएको अडियोका सवालमा भने पहिला सम्बन्धित पार्टीले नै प्रस्ट पार्नुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण