अब्दुल खानलाई बर्खास्त गर्न माग गर्दै जनमत पार्टी कार्यालय अगाडि प्रदर्शन
काठमाडौँ । जनमत पार्टीका उपाध्यक्ष एवं सांसद अब्दुल खानको अश्लील भिडियो सार्वजनिक भएपछि उनलाई कारबाहीको माग गर्दै विभिन्न संघ संगठनले आवाज उठाइरहेका छन् । सांंसद खानलाई कारबाहीको माग गर्दै सभामुख देवराज घिमिरेलाई ज्ञापनपत्र बुझाएका राष्ट्रिय एकता अभियानले सोमबार जनमत पार्टी कार्यालयका अगाडि प्रदर्शन गरेका छन् ।
पूर्व खानेपानी तथा सरसफाइ मन्त्री समेत रहेका सांसद खानले एक महिलासँग गरेको अश्लील हर्कतको भिडियो सार्वजनिक भएपछि अभियानले सांसद पदबाट बर्खास्त गर्न माग गरेको हो । खानलाई कारबाही गर्नका लागि काठमाडौँस्थित जनमत पार्टीको केन्द्रीय कार्यालयको अगाडि अभियानले प्रदर्शन गरेको छ ।
अभियानकी केन्द्रीय उपाध्यक्ष सुनिता साहले निवर्तमान मन्त्रीको यस हर्कतले नेपालको संसदीय व्यवस्था, संघीय लोकतान्त्रिक गणतन्त्र एवम् समग्र राजनीतिक प्रणालीकै शिर निहुराउने कार्य गरेको बताइन् । उपाध्यक्ष साहको नेतृत्वमा भएको प्रदर्शनमा राष्ट्रिय विद्यार्थी परिषद्का महासचिव पप्पु यादव, केन्द्रीय सदस्य मिना साह, चन्द्र यदुवंशी लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण