सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

अब्दुल खानलाई बर्खास्त गर्न माग गर्दै जनमत पार्टी कार्यालय अगाडि प्रदर्शन

सोमबार, २७ चैत २०७९, १५ : ३०
सोमबार, २७ चैत २०७९

काठमाडौँ । जनमत पार्टीका उपाध्यक्ष एवं सांसद अब्दुल खानको अश्लील भिडियो सार्वजनिक भएपछि उनलाई कारबाहीको माग गर्दै विभिन्न संघ संगठनले आवाज उठाइरहेका छन् । सांंसद खानलाई कारबाहीको माग गर्दै सभामुख देवराज घिमिरेलाई ज्ञापनपत्र बुझाएका राष्ट्रिय एकता अभियानले सोमबार जनमत पार्टी कार्यालयका अगाडि प्रदर्शन गरेका छन् ।

पूर्व खानेपानी तथा सरसफाइ मन्त्री समेत रहेका सांसद खानले एक महिलासँग गरेको अश्लील हर्कतको भिडियो सार्वजनिक भएपछि अभियानले सांसद पदबाट बर्खास्त गर्न माग गरेको हो । खानलाई कारबाही गर्नका लागि काठमाडौँस्थित जनमत पार्टीको केन्द्रीय कार्यालयको अगाडि अभियानले प्रदर्शन गरेको छ ।

अभियानकी केन्द्रीय उपाध्यक्ष सुनिता साहले निवर्तमान मन्त्रीको यस हर्कतले नेपालको संसदीय व्यवस्था, संघीय लोकतान्त्रिक गणतन्त्र एवम् समग्र राजनीतिक प्रणालीकै शिर निहुराउने कार्य गरेको बताइन् । उपाध्यक्ष साहको नेतृत्वमा भएको प्रदर्शनमा राष्ट्रिय विद्यार्थी परिषद्का महासचिव पप्प यादव, केन्द्रीय सदस्य मिना साह, चन्द्र यदुवंशी लगायतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप