शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

जनयुद्धकालीन मुद्दा टीआरसीबाट समाधान गरिनुपर्छ : हिसिला यमी

सोमबार, २७ चैत २०७९, १५ : ३२
सोमबार, २७ चैत २०७९

काठमाडौँ । नेपाल समाजवादी पार्टीकी नेता हिसिला यमीले जनयुद्धकालीन मुद्दा टिआरसी मार्फत समाधान खोजिनुपर्ने बताएकी छन् ।

माओवादी धारको बैठकलाई सम्बोधन गर्दै यमीले जनयुद्धकालीन मुद्दालाई देखाएर त्रसाउन खोजेको बताइन । 

अब माओवादीहरु हेगबाट होइन जनताबाट डराउनुपर्ने यमीले टिप्पणी गरिन् । जनताका समस्या एकपछि अर्को गर्दै चाङ लग्दै गएकाले जनताबाट डराउनुपर्ने बताइन् । 

‘म आफै कार्यकारी भूमिका निर्वाह गरेर आएको नेता हुँ । देशमा भएका थुप्रै समस्या कसरी समाधान गर्नुपर्छ भन्ने विषयमा पावर एक्सर साइज गरेर आएको हुँ’ यमीले भनिन्,‘अब माओवादीहरु हेगबाट होइन जनताबाट डराउनु पर्ने अवस्था आयो । जनताको चित्त बुझ्ने काम गरे हेग केही हुँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप