शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

मिटरब्याज पीडित र सरकारी प्रतिनिधिबीचको वार्ता सकारात्मक

सोमबार, २७ चैत २०७९, १६ : १४
सोमबार, २७ चैत २०७९

काठमाडौँ । सरकारी प्रतिनिधि र आन्दोलनरत मिटरब्याज पीडितका प्रतिनिधिबीच सोमबार भएको वार्ता सकारात्मक भएको छ । 

गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको टोलीले सोमबार दोस्रो दिन पीडितहरुसँग गरेको वार्तामा दुवै पक्षले आआफ्ना धारणा राखेको पीडितहरुले बताएका छन् । 

त्यसक्रममा पीडितहरुले यसअघि भएका सहमति कार्यान्वयन र पछिल्लो पटक संर्घष समितिले पेश गरेका मागका बारेमा दोहोरो संवाद भएपनि सहमति हुन नसकेको पीडित पक्षका निर्ग* नबिनले जानकारी दिए । 

उनका अनुसार वार्ता सकारात्मक भएको भन्दै छलफललाई निरन्तरता दिने पक्षमा सरकारी पक्षले आश्वासन दिएको छ ।  उनले वार्ता संवाद जारी राख्दै निर्णायक चरणको आन्दोलन पनि गर्ने बताए ।

उनले यसअघि पीडितहरूसँग भएका सहमति कार्यान्वयन र पछिल्लो पटक संर्घष समितिले पेस गरेका मागका बारेमा दोहोरो संवाद भएको बताए । उनले मंगलबार मिटरब्याजी पीडित संघर्ष समितिका संयोजकसहित वार्ता गर्नेगरी आजको वार्ता सकिएको बताए । उनले मिटरब्याजी पीडितहरू राज्यले समाधान गर्ने विषयमा संवेदनशील नदेखिएको बताए ।  

*सच्याइएको

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप