२० हजार घुससहित इन्जिनियर मेहता पक्राउ
सोमबार, २७ चैत २०७९, १९ : ३९
विराटनगर । सुनसरीस्थित बर्जु गाउँपालिकाका इन्जिनियर अजय मेहता २० हजार घुससहित विराटनगरबाट पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मेहतालाई घुस रकमसहित सोमबार पक्राउ गरेको हो । घरनक्सा पासको लागि सेवाग्राहीबाट घुस लिएको आरोपमा मेहतालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता भोला दाहालले दिएको जानकारी अनुसार उनलाई अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले विराटनगरको जामुनगाछि पुलचोकबाट पक्राउ गरेको हो ।
उनीमाथि थप अनुसन्धान सुरु गरिएको आयोगले जनाएको छ । सुनसरीको देवानगञ्ज घर भएका मेहता छैटौं तहका कर्मचारी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको सास्ती: बजेट पनि छैन, खर्च पनि हुँदैन !
-
स्थानीय बाली उत्पादन र प्राङ्गारिक खेतीका लागि अनुदान
-
दूधले साँच्चै बलियो बनाउँछ त हड्डी ?
-
हुप्सेकोटका पहिरो विस्थापित अझै अस्थायी शिविरमै
-
फ्रान्सविरुद्ध स्पेन: सेमिफाइनलमा को चम्कियो ?
-
ट्रम्पको चेतावनी: मैले पुग्यो नभनेसम्म इरानमाथिका आक्रमण जारी रहनेछन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण