बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
स्वर्णिम वाग्लेसँगको अन्तरवार्ता

पैसा मागेको साँचो हो भने कारवाहीमा पर्छन्, त्यसले हाम्रो भोटलाई असर गर्दैन (भिडियो)

मङ्गलबार, २८ चैत २०७९

आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ–१ बाट उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले यतिबेला घरदैलोमा व्यस्त छन् । विगतमा नेपाली कांग्रेसबाट राजनीति गरेका उनी अहिले कांग्रेसको पकेट क्षेत्रका रूपमा रहेको तनहुँमा कांग्रेसविरुद्ध धावा बोलिरहेका छन् । 

नेपालको अर्थतन्त्र सुधारका लागि आफ्नो उम्मेदवारी रहेको नारा दिँदै मतदाता आकर्षण गर्न चुनावी अभियानमा होमिएका वाग्ले केही कांग्रेस कार्यकर्ताको साथमा चुनावी प्रचारमा लागेका छन् ।  

नेपाली कांग्रेसको प्रमुख तारो बनेका वाग्ले पूर्वपार्टीको भोट काट्ने अभियानमा छन् यता  कांग्रेस भने उनलाई आफ्नो प्रतिस्पर्धी नै स्वीर्कान तयार छैन । 

वाग्लेले समयसीमा नै तोकेर डेलिभरीको राजनीतिमा लाग्नुपर्ने र नेपाल बनाउने महाअभियानमा होमिएको बताउँदै आएका छन् । प्रस्तुत छ चुनावी घरदैलोका क्रममा व्यास नगरपालिका बानियाँगाउँमा भेटिएका तनहुँ क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेसँग उनको उम्मेदवारी र चुनावी एजेन्डालगायत विषयमा केन्द्रित रहेर गरिएको कुराकानी : 

घरदैलो अभियान कसरी अगाडि बढाइरहनुभएको छ ? 

एकदम उत्साहका साथ घरदैलो चलिरहेको छ । तपाईंले देखिरहनुभएको छ । जनतामा छुट्टै चमक उत्साह देखिन्छ । यसअघि मलाई प्रत्यक्ष नचिने पनि सामाजिक सञ्जाल र सूचना प्रविधिको पहुँचले नाम सुन्नुभएको रहेछ । म अपरिचित पात्र रहेनछु भन्ने महसुस भयो । एक पटक घरमा आइदिओस् भनेर उहाँहरूले चाहना देखेपछि कार्यक्रममा हिँडिरहेको छु । उम्मेदवारको अनुहार हेर्न पाऊँ भन्ने आकाङ्क्षा रहेछ । लोकतन्त्रको त्यो सुन्दर पक्ष पनि हो । 

सकेसम्म, भ्याएसम्म म मेरा हरेक मतदाताहरूलाई भेटेर दुई हात जोडेर भोट माग्ने प्रयासमा छु । त्यसैको क्रममा आज हामी व्यास नगरपालिकाका विभिन्न वडाहरूमा घरदैलोमा व्यस्त छु । 

swarnim wagle (1)

जनताको अपेक्षा के के  रहेछन् ? 

स्थानीय अपेक्षाहरू र गर्नुपर्ने धेरै छन् । स्थानीय बाटा, खानेपानी, अव्यवस्थित बसोबासका समस्याहरू धेरै छन् । अर्को सबैभन्दा ठूलो समस्य त यहाँबाट रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता हो । केही पनि नभएको भन्ने पनि छैन । यसका गुणस्तरको पाटाहरू छन् । त्यस विषयमा आस्वस्त पार्दै आएको छु । उहाँहरूलाई मैले भन्दै आएको छु, म निर्वाचित भएर गएपछि एउटा संसद्ले के के गर्न सक्छ, त्यो गर्छु । 

देश नै गलत दिशातिर गइरहेको छ । यसलाई सही दिशातिर ल्याउनुप¥यो । युवालाई विदेश जानबाट रोक्नुपर्छ । धेरैका छोराछोरी विदेशी हुनुहुन्छ । यसरी देश विकास सम्भव छैन । उहाँहरूले विदेशबाट अहिले फोन गरेर परिवारसँग घण्टी चिह्नमा भोट हाल्नु भन्नुभएको छ । मैले व्यापक सुनिरहेको छु । यहाँको निर्वाचन तनहुँमा मात्र नभएर, समग्र देश र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार छ । जुन सुखद कुरा पनि हो । 

तपाईंसँगको प्रतिस्पर्धामा बलिया उम्मेदवारहरू छन् । प्रतिस्पर्धीहरूलाई कसरी हेर्नुभएको छ ? 

मेरा प्रतिस्पर्धी साथीहरूका बारेमा केही टीकाटिप्पणी गर्न चाहन्नँ । म स्वस्थ र मित्रवत् प्रतिस्पर्धा गर्न चाहन्छु । अन्य साथीहरूका बारेमा केही भन्न चाहन्नँ । 

कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन कमान्ड गरिरहेका कांग्रेस नेता शङ्कर भण्डारीले त तपाईंहरूलाई त बर्खामा आएको भेलको संज्ञा दिनुभएको छ । के भन्नुहुन्छ ?

उहाँले जे गर्न खोज्नुभएको छ, त्यो पूरा होस् । मेरो शुभकामना छ ।

swarnim wagle (2)

तपाईंले अघि जनताको समस्या खानेपानी, सडक, बिजुली रहेको भन्नुभयो तर यी कुराको व्यवस्था गर्ने काम  सङ्घीय सांसदको क्षेत्राअधिकारभन्दा बाहिरको कुरा हो । यी काम पूरा गर्छु भन्नुभएको छ तर कसरी मिलाउनुहुन्छ ?

यहाँ स्रोतहरू नै पुग्दैन । हुन त बजेट पनि आउँछ । वडा स्तरमा एक करोडसम्म बजेट हुन्छ । त्यो आकाङ्क्षा पूरा नहुने भएकाले स्थानीय जनप्रतिनिधिसँग मिलेर कहाँबाट बजेट जुटाउन मिल्छ, हामी इमानदार प्रायस गर्छौैं । 

अहिले तपाईंको पार्टीका एक सांसदले पैसा मागेको अडिओ भाइरल छ ।  यसले तपाईंको भोटमा असर गर्छ भन्ने चर्चा सुनिन्छ । सुशासनको कुरा गर्ने तपाईंको दलमा सुरुमै भ्रष्टचारको कुरा सुनियो नि ? 

एउटा नयाँ पार्टीमा थरिथरिका मान्छे आउँछन् । अब पार्टीले के गर्छ, त्यो ध्यान दिनुस् । ७०/७२ घण्टाभित्र यसको यथार्थ  पत्ता लगाएर कारबाही गर्ने कुरा हाम्रो सभापतिले भनिसक्नुभएको छ । अब त्यो हेर्नुस् । अरू पार्टीका पनि अडिओ काण्डहरू हामीले सुनेका हौँ । ती व्यक्ति चुनाव जितेर आएको हामीले देखेका छौँ । उहाँहरू महत्त्वपूर्ण ओहोदामा बस्नुभएको छ । हाम्रो पार्टीका सांसदले गल्ती गर्नुभएको रहेछ भने साँच्चिकै कारबाही हुन्छ । केही समय पर्खर्नुस् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया