सुधारतर्फ अर्थतन्त्र – चालू खाता ४४ अर्ब घाटामा, शोधनान्तर स्थिति १४८ अर्ब बचतमा
काठमाडौँ । सरकारको चालू खाताको घाटा सुधारिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा चालू खाता ४४ अर्ब ३१ करोड रुपैयाँले घाटामा छ ।
जबकि, गत वर्षको सोही अवधिमा सरकारी चालू खाता ४ खर्ब ६० अर्ब ७२ करोडले घाटामा थियो । यसअनुसार एक वर्षको अवधिमा चालू खाता घाटामा व्यापक सुधार आएको हो ।
यस्तै, अघिल्लो वर्ष अमेरिकी डलरमा सरकारको चालू खाता ३ अर्ब ८६ करोडले घाटामा छ थियो । चालू वर्षको ८ महिनाको अवधिमा भने अमेरिकी डलरमा चालू खाता ३४ करोड ५७ लाख घाटामा छ । यो समेत उल्लेख्य सुधार हो ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २०.३ प्रतिशतले कमी आई ५ अर्ब ५८ करोड कायम भएको छ । यस्तै, खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ३० करोडमा थियो ।
यसबोहक, ८ महिनाको अवधिमा शोधनान्तर स्थिति १ खर्ब ४८ अर्ब ११ करोडले बचतमा छ । अघिल्लो वर्षको यही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ५८ अर्ब ६४ करोडले घाटामा थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब १७ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब १२ करोडले बचतमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीको घटना छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन गर्ने निर्णय
-
प्रदेशलाई केन्द्रको पपेट बनाइयो, हामी त वडाध्यक्षभन्दा पनि निरीह भयौँ : जीवनबहादुर शाही
-
नागढुंगा सुरुङमार्ग उद्घाटनपछि गाडी चलाउँदै मन्त्री लम्साल (तस्बिरहरू)
-
पहिलो विदेशी अतिथिका रूपमा बेलायतका प्रधानमन्त्री बर्नहमले जेलेन्स्कीलाई स्वागत गर्ने
-
न्युयोर्कका मेयर मामदानीले घृणा फैलाउने प्रयास गरेको नेतान्याहुको आरोप
-
अमेरिकी बमबारी रोकिएसम्म इरानले पनि आक्रमण नगर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण