मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अर्थ

राष्ट्र बैंकले भन्यो–सरकारी कोषमा १ खर्ब ९० अर्ब नगद मौज्दात छ

मङ्गलबार, २८ चैत २०७९, १५ : १६
मङ्गलबार, २८ चैत २०७९

काठमाडौँ । केन्द्रीय बैंकले सरकारीको १ खर्ब ९० अर्ब रुपैयाँ बराबरको नगद मौज्दात रहेको जनाएको छ । 

मंगलबार चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले यस अवधिमा संघीय, प्रादेशिक र स्थानीय तह तीन वटै सरकारीको कोषको गरी कूल १ खर्ब ९० अर्ब ६३ करोड रुपैयाँ नगद रहेको बैंकले जनाएको हो ।

२०७९ असार मसान्तमा यस्तो मौज्दात२ खर्ब २५ अर्ब ८० करोड रहेको थियो ।

आर्थिक वर्ष २०७९/८० को ८ महिनामा संघीय सरकारको कुल खर्च नेपाल सरकार, अर्थ मन्त्रालय (महालेखा नियन्त्रक कार्यालय) का अनुसार ७ खर्ब ७९ अर्ब २३ करोड भएको छ ।

समीक्षा अवधिमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था खर्चतर्फ क्रमशः रु.६०८ अर्ब ८४ करोड, रु.८४ अर्ब २६ करोड र रु.८६ अर्ब १३ करोड रहेको छ ।

समीक्षा अवधिमा संघीय सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकम समेत) रु.५८२ अर्ब ७७ करोड भएको छ । 

समीक्षा अवधिमा यस अन्तर्गत कर राजस्व तर्फ ५ खर्ब २६ अर्ब ४७ करोड र गैर कर राजस्व तर्फ ५६ अर्ब३० करोड परिचालन भएको बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप