शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

महासंघको साधारण सभा–पूर्वअध्यक्ष जोशीलाई ‘प्रेसिडेन्ड अवार्ड’

मङ्गलबार, २८ चैत २०७९, १६ : ०४
मङ्गलबार, २८ चैत २०७९

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको ‘प्रेसिडेन्ट अर्वाड’बाट पूर्व अध्यक्ष कुशकुमार जोशी सम्मानित बनेका छन् । महासंघको पूर्व अध्यक्ष जोशीले विधान संशोधनको मस्यौदा तयार पार्ने टोलीको नेतृत्व गरेका थिए ।

महासंघको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान हटाएर प्रत्यक्ष अध्यक्ष चुनिने व्यवस्था गर्न विधान संशोधनको तयारी भइरहेको छ । यही विधान संशोधन कमिटीमा बसेर जोशीले काम गरेका थिए ।

सोहीकारण, महासंघको ५७ औं वार्षिक साधारणसभाबाट जोशी सम्मानित बनेका हुन् । ‘प्रेसिडेन्ट अवार्ड’ महासंघको अध्यक्षबाट प्रदान हुने अवार्ड हो । जोशीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्वाड प्रदान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप