सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

परिणाममुखी काम गर्न सरकारलाई महामन्त्री थापाको सुझाव

मङ्गलबार, २८ चैत २०७९, १६ : ३३
मङ्गलबार, २८ चैत २०७९

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले परिणाममुखी काम गर्न सरकारलाई सुझाव दिएका छन् । 

संघ, प्रदेश र स्थानीय सरकार ५ वर्ष चलाउने जिम्मा लिएको कांग्रेससहितको सरकारले अव अरू कसैलाई दोष दिएर उम्कने ठाउँ नभएको पनि उनले दोहो¥याए । 

मंगलबार काठमाडौँमा आयोजित नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै महामन्त्री थापाले एमालेलाई दोष दिएर वा पूर्व राजालाई दोष लिएर सरकार उम्कन नमिल्ने तर्क गरे । उनले ५ वर्षपछि नेपाली काँग्रेसले जनताको माझमा जाँदा यो–यो काम गरेँ भनेर जान सक्ने अवस्था बनाउनुपर्ने बताए । 

महामन्त्री थापाले शिक्षकहरुको तलब, भत्ता बढाउन पनि सरकारसँग माग गरिन् । शिक्षकहरुलाई खुसी नबनाई मुलुकको शैक्षिक क्षेत्रको विकास नहुने भएकाले सरकारले उनीहरुको आवश्यकता पूर्ति हुने गरी सेवा सुविधा उपलब्ध गराउन ढिलाइ गर्न नहुने उनको भनाई थियो । 

महामन्त्री थापाले संघीय शिक्षा ऐन ४ महिना भित्र संसदबाट पारित गर्नुपर्ने भन्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि शिक्षकहरुलाई आग्रह गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप