नितु कपुरले छोरा रणबीरका पूर्व प्रेमिकालाई लक्षित गरिन् ! कट्रिनाकी आमाले दिइन् जवाफ ?
बलिउड अभिनेत्री नितु कपुर र कट्रिना कैफकी आमा सुजैन टरक्वोटबीच एक ‘पोस्ट वार’ सुरु भएको छ । हालै नितुले एउटा पोस्ट सेयर गरेकी थिइन् जसमा प्रयोगकर्ताले उनका छोरा रणबीरकी पूर्व प्रेमिका कट्रिना, दीपिकामाथि निशाना साँधेकी थिइन् । तर कुरा यतिमा मात्रै सीमित भएन । अब सुजैनले पनि इन्स्टाग्रामा एउटा यस्तो पोस्ट गरेर नितुलाई जवाफ दिएकी छिन् ।
नितुले आफ्नो इन्स्टागाम ह्यान्डलमा एउटा स्टोरी सेयर गर्दै लेखेकी छिन्, ‘किनभने उनले तपाईंलाई सात वर्षसम्म डेट गरे, यसको अर्थ यो होइन कि उनले तिमीसँग नै विवाह गर्नेछन् । मेरा काकाले ६ वर्षसम्म मेडिसिनको पढाई गरे तर अहिले उनी डिजे हुन् । ’
नितुको यो पोस्टमा धेरैले प्रतिक्रिया दिएका छन् । सबैलाई थाहा छ, रणबीर र कट्रिनाले एक अर्कालाई ७ वर्षसम्म डेट गरेका थिए । त्यसपछि यी दुई अलग्गिएका थिए । सबैले नितुमाथि प्रश्न उठाए । निकै विवाद पनि भए ।
नितुको यो पोस्टपछि निम्तिएको विवादमा कट्रिनाकी आमा सुजैनको पनि प्रवेश भएको छ । उनले पनि आज यो पोस्ट सेयर गरेर महिलाको सम्मानको कुरा उठाएकी छिन् । सुजैनले पोस्ट गरिन्, ‘मलाई यस्तो संस्कार दिइएको छ जहाँ सफाइ कर्मचारीलाई पनि त्यति नै इज्जत देऊ जस्तो कि तपाईंले कुनै कम्पनीको सिइओलाई दिनुहुन्छ ।’
यो पोस्टपछि कट्रिनाकी आमाको सोचको तारिफ भइरहेको छ । उनको पोस्टमा एक जना प्रयोगकर्ताले लेखेका छन्, ‘यो साधारण पोस्ट हुनसक्छ तर यसको टाइमिङ एकदम सही छ । ’ । यस्तै, अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘कसैको अब्जेक्सनको जवाफ दिनु कहिलेकाहीँ आवश्यक हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण