उपनिर्वाचनलाई लिएर उपेन्द्र यादव भयभीत छन् : उम्मेदवार ज्ञवाली
बारा । बारा–२ मा बैशाख १० गते हुने उपनिर्वाचनमा प्रभु साह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले उपेन्द्र यादव भयभीत भएर आठ, दशवटा दल बोकेर उपनिर्वाचन लड्न बारा आएको बताएका छन् ।
महागढीमाई नगरपालिका वडा नं ६ मा आयोजित घरदैलोको क्रममा रातोपाटीसँग कुराकानी गर्दै आम जनता पार्टीका उम्मेदवार ज्ञवालीले उपेन्द्र यादव निर्वाचनमा पराजित हुने डरले आठ, दशवटा दल बोकेर आएको र हरेक दलबाट कमान्डर खटाएको टिप्पणी गरेका छन् ।
‘उपेन्द्र यादव एक्लै चुनाव लड्न आउनु भएको छैन, उहाँ आफै भयभीत भएर ८÷१० वटा दल बोकेर आउनु भएको छ, त्यसमध्ये हरेक दलपिच्छे कमान्डर खटाउनु भएको छ, कांग्रेसबाट अजय चौरासिया, साइकल छापबाट जितेन्द्र सोनल, कलम छाप, माओवादीबाट पनि कोही आउला’ ज्ञवालीले भने ।
गएको मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा बारा २ मा स्वतन्त्र उम्मेदवारी दिएका ज्ञवालीले ७ हजार ७९८ मत प्राप्त गरेका थिए । यस पटक भने उनले आम जनता पार्टीबाट उम्मेदवारी दिएका छन् ।
उम्मेदवार ज्ञवालीले सडकलाई स्तरउन्नति गरेर धुले सडकलाई कालोपत्रे गर्ने, शिक्षाको स्तर उन्नति गरेर गाउँका विद्यालयहरूमा शिक्षाको गुणस्तर बढाउने, स्वास्थ्य सुव्यवस्था राम्रो गर्ने र किसानको खेतमा पानी र समयमा मलखाद पुर्याउने आफ्नो चुनावी एजेन्डा रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण