निगमले गर्यो क्याप्टेन शेरचनलाई निलम्बन
काठमाडौँ । गत अप्रिल १, २०२३ को काठमाडौँ–दुबई–काठमाडौँ उडान रद्द भएपछि नेपाल वायुसेवा निगमले वरिष्ठ क्याप्टेन रवीन्द्रकुमार शेरचनलाई निलम्बन गरेको छ । अप्रिल १ को राति ११ः३० बजेट काठमाडौँ–दुबई उडानको सेडूल भए पनि निगमको चालक (क्याप्टेन) ले दुई घण्टा अघि मात्र आफू बिरामी परेको भन्दै बिदा मागेपछि सो दिनको फ्लाइट क्यान्सिल गर्नु परेको थियो । उक्त घटनामा तत्काल अर्को पाइलटको व्यवस्था गर्न नसकेको भन्दै निगमले शेरचनमाथि कारबाही गरेको हो ।
उक्त समयमा क्याप्टेन शेरचन अप्रेसन डिपार्टमेन्ट अफ हेड रहेका थिए । तर, उनीमाथि छानबिन हुने भए पनि निगमले चैत २८ गते शेरचनलाई निलम्बन गरेर अप्रेसन डिपार्टमेन्ट हेडको जिम्मेवारी वरिष्ठ क्याप्टेन उत्तम घिमिरेलाई दिएको छ । सँगै घटनाको यथार्थ छानबिन गर्न निगमले नायव महाप्रबन्धक जनकराज कावाखेतीको संयोजकत्वमा क्याप्टेन सुरज भण्डारी र प्रबन्धक नारायण पौडेलसहितको तीन सदस्यीय छानबिन समिति समेत गठन गरेको छ । समितिको प्रतिवेदनसहित मुद्दाको टुङ्गो नलागेसम्म शेरचनको निलम्बन फुकुवा नहुने निगम स्रोतले रातोपाटीलाई जानकारी दिएको छ ।
‘पाइलट बिदामा बस्ने भएपछि अर्को पाइलटको व्यवस्था गर्नुपर्थ्यो । डिपार्टमेन्ट हेडको जिम्मेवार व्यक्तिले विकल्पमा अर्को पाइलटको व्यवस्था गर्न नसक्नु नै गम्भीर गल्ती हो । पाइलटको अभावमा सो दिनको फ्लाइट नै क्यान्सिल गर्नुपर्दा निगमलाई ठुलो घाटा लाग्न पुगेको छ । घटनाको सत्य, तथ्य छानबिन हुन आवश्यक छ’ स्रोतले रातोपाटीसँग भन्यो– ‘कार्यकारी अध्यक्ष युवराज अधिकारीले तत्कालीन डिपार्टमेन्ट हेड क्याप्टेन शेरचनलाई निलम्बन गरी छानबिन गर्न तीन सदस्यीय समिति गठन गर्नु भएको हो ।’
निगमको आन्तरिक छानबिन समितिले घटनाको यथार्थ छानबिन गरी प्रतिवेदन बुझाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण