फेरि चर्चामा शाहरुख खानको पठान
मुम्बई । शाहरुख खानको पठानले बक्स अफिसमा मात्रै होइन ओटीटीमा पनि दबदबा बनाएको छ । पठानको चर्चा विश्वभर भइरहेको छ । योसँगै फिल्मसँग सम्बन्धित एक्सन दृश्यहरू पनि फ्यानहरूमा व्याप्त छन् ।
यसैबीच पठानको भिएफएक्सको भिडियो सार्वजनिक भएको छ, जसमा सलमान खान र शाहरुख खानको एक्सन सिन कसरी खिचिएको छ भन्ने फिल्मका निर्माताले एक झलक देखाएका छन्, जसलाई देखेर फ्यान पनि तारिफ नगरी रहन सकेनन् ।
पठान भिएफएक्स ब्रेकडाउन भिडियो हालै एफएक्स स्टुडियोले सेयर गरेको छ, जसमा फिल्मका सबै एक्सन दृश्यहरू कसरी खिचिएका छन्। यसका झलक देखिएका छन् । भिडियोमा वाटर सिक्वेन्सदेखि लिएर सलमान–शाहरुखको ट्रेन फाइटको दृश्य देख्न सकिन्छ । यसैक्रममा यो भिडियोमा क्लाइमेक्सको झलक पनि देख्न सकिन्छ । यो पुरा भिडियो हेरेपछि फ्यानहरुले पनि प्रतिक्रिया दिइरहेका छन् ।
भिडियोमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘मैले सोचेकै थिइनँ कि पानीमुनिको दृश्य भीएफएक्सले खिचिएको हो । त्यो उत्कृष्ट छ।’
बलिउडमा भिएफएक्सको हिसाबले अगाडि बढिरहेको छ । अर्को प्रयोगकर्ताले लेखेका छन्, ‘उत्कृष्ट, फिल्ममा केही दृश्यहरू साँच्चै वास्तविक देखिन्छन्। राम्रो भिएफएक्स दृश्य। यससँगै फ्यानहरूले टाइगर ३ र वार २ हेर्नको लागि उत्सुकता पनि व्यक्त गरेका छन् ।
पठानले बक्स अफिसमा १०५० करोडभन्दा बढी कमाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण