स्थानीय निकायको शतप्रतिशत पैसा निक्षेपमा गणना गर्न दिन सीबीफीनको माग
काठमाडौँ । बैङ्क तथा वित्तीय संस्था परिसंघ, नेपाल (सीबीफीन) ले स्थानीय निकायको सबै पैसालाई निक्षेपको रूपमा गणना गर्न दिन राष्ट्र बैङ्कसँग माग गरेको छ । हाल बजारको तरलता अभावलाई मध्यनजर गर्दै बैङ्कहरूमार्फत स्थानीय निकायको खातामा जम्मा हुने गरी प्राप्त हुने राजश्व र स्थानीय निकायका लागि सङ्घ तथा प्रदेशबाट निकासा भएको बजेट लगायतको पैसालाई पूर्ण रूपमा निक्षेपको रूपमा गणना गर्न दिनुपर्ने सीबीफीनले माग गरेको हो ।
यस्तो पैसा बैङ्कहरूले आगामी असार मसान्तसम्म ८० प्रतिशत निक्षेपमा गणना गर्न पाउँछन् । त्यसपछि भने ५० प्रतिशत रकम मात्र निक्षेपमा गणना गर्न पाउने व्यवस्था राष्ट्र बैङ्कले गरेको छ । तर, सीबीफीन आगामी आर्थिक वर्षको साउनपछि पनि पूर्ण रूपमा निक्षेपमा गणना गर्न दिन माग गरेको हो ।
हाल स्थानीय निकायको औसत झन्डै २ खर्ब रुपैयाँ बराबरको रकम बैङ्कहरूसँग छ ।
हालको विद्यमान व्यवस्थामा संशोधन गरी स्थानीय निकायको खातामा जम्मा हुने शतप्रतिशत रकम नै निक्षेपको रूपमा गणना गर्न पाउने व्यवस्था गरिदिँदा बैङ्कहरूमा तत्काल करिब ४० अर्ब र असार मसान्तपछि १ खर्ब रुपैयाँ तरलता थपिन सीबीफीनको भनाइ छ । यसले बैङ्कहरूको लगानी क्षमता बढ्ने र कोषको लागत घट्ने हुँदा अर्थतन्त्रलाई थप चलायमान बनाउन टेवा पुग्ने सीबीफीनको भनाइ छ ।
सँगै पछिल्लो समय बैङ्क तथा वित्तीय संस्था विरुद्ध चौतर्फी आक्रमण बढेको भन्दै यसको निराकरणका लागि सरकारले उचित पहल लिन समेत सीबीफीनले आग्रह गरेको छ । कर्जा लिएर नतिर्ने परिपाटी बढेकोप्रति चिन्ता गर्दै सीबीफीनले कर्जा सुरक्षण जस्तो अन्तर्राष्ट्रिय प्रयोग अपनाउन समेत सरकारसँग माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण