बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सगरमाथा आरोहणका क्रममा हिमपहिरो, तीन जना बेपत्ता

बुधबार, २९ चैत २०७९, १५ : ३३
बुधबार, २९ चैत २०७९

काठमाडौँ । सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी तीन जना आरोही बेपत्ता भएका छन् । बुधबार बिहान करिब ९ः३० बजे गएको हिमपहिलोमा परी आरोही दा छिरि शेर्पा, लाक्पा टेन्डी शेर्पा र लाक्पा रिता शेर्पा बेपत्ता भएका हुन् ।

सगरमाथा आधार शिविर (बेस क्याम्प) र शिविर १ बीचको बाँध खण्डमा उक्त घटना घटेको नेपाल पर्यटन बोर्डले जनाएको छ । घटना लगत्तै बेपत्ताहरुको खोजी तथा उद्धारमा सिम्रिक हेलीसहित रेस्क्यू टिम सो ठाउँमा पुग्दा समेत उद्धार प्रयासमा असफल भएको बोर्डका निर्देशक युवराज खतिवडाले रातोपाटीलाई जानकारी दिए ।

हिमाल आरोहण उद्धार तथा खोज टिम एसपीसीसी तथा ईम्याजिनको संयुक्त टोलिले बेपत्ताको खोजिकार्य तीव्र पारेपनि सफल हुन नसकेको उनले जानकारी दिए ।

घटनास्थलमा झण्डै ५० मिटर गहिरो हिमपहिरो गएको विभागले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप