सगरमाथा आरोहणका क्रममा हिमपहिरो, तीन जना बेपत्ता
बुधबार, २९ चैत २०७९, १५ : ३३
काठमाडौँ । सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी तीन जना आरोही बेपत्ता भएका छन् । बुधबार बिहान करिब ९ः३० बजे गएको हिमपहिलोमा परी आरोही दा छिरि शेर्पा, लाक्पा टेन्डी शेर्पा र लाक्पा रिता शेर्पा बेपत्ता भएका हुन् ।
सगरमाथा आधार शिविर (बेस क्याम्प) र शिविर १ बीचको बाँध खण्डमा उक्त घटना घटेको नेपाल पर्यटन बोर्डले जनाएको छ । घटना लगत्तै बेपत्ताहरुको खोजी तथा उद्धारमा सिम्रिक हेलीसहित रेस्क्यू टिम सो ठाउँमा पुग्दा समेत उद्धार प्रयासमा असफल भएको बोर्डका निर्देशक युवराज खतिवडाले रातोपाटीलाई जानकारी दिए ।
हिमाल आरोहण उद्धार तथा खोज टिम एसपीसीसी तथा ईम्याजिनको संयुक्त टोलिले बेपत्ताको खोजिकार्य तीव्र पारेपनि सफल हुन नसकेको उनले जानकारी दिए ।
घटनास्थलमा झण्डै ५० मिटर गहिरो हिमपहिरो गएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण