बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

राजनीतिक हस्तक्षेपका कारण कर्मचारी परिचालनमा समस्या भयो : मन्त्री मोदी

बुधबार, २९ चैत २०७९, १५ : ४२
बुधबार, २९ चैत २०७९

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले राजनीतिक हस्तक्षेपका कारण कर्मचारी परिचालनमा समस्या रहेको बताएका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा सार्वजनिक महत्त्वको विषयबारे बोल्दै उनले पार्टी पिच्छेका मन्त्री, सांसद, मेयरलगायतका जनप्रतिनिधिले आफू अनुकूल कर्मचारी माग गर्दा उनीहरुको परिचालनमा समस्या देखिएको प्रष्टयाए ।  

मन्त्री मोदीले कर्मचारीहरुले दुर्गम क्षेत्रमा जानै नचाहेको गुनासो पनि गरे । आफूले भने दुर्गम र सुगम मिलाएर उनीहरुको सरुवा प्रणालीलाई व्यवस्थित बनाउने कामलाई अघि बढाएको पनि उनको भनाई थियो । 

मन्त्री मोदीले स्थानीय तहको अनियमितता रोक्नका लागि आफूले निमित्त कर्मचारी पठाउन नचाहे पनि त्यसका लागि कर्मचारीहरुकै अभाव रहेको पनि स्मरण गराए । 

मन्त्री मोदीले काठमाडौँ र त्यस वरपर मात्रै रहने कर्मचारीहरूमा विकृत चाहना रहेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्न आफू लागि परेको बताए । उनले संघीय निजामती सेवा ऐन चालू संसदबाट पारित गराउने गरी ल्याउन चाहेको पनि बताए । मन्त्री मोदीले अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा स्वीकृतिका लागि सो ऐनको मस्यौदा पठाइएको पनि बैठकलाई जानकारी गराए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप