राजनीतिक हस्तक्षेपका कारण कर्मचारी परिचालनमा समस्या भयो : मन्त्री मोदी
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले राजनीतिक हस्तक्षेपका कारण कर्मचारी परिचालनमा समस्या रहेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा सार्वजनिक महत्त्वको विषयबारे बोल्दै उनले पार्टी पिच्छेका मन्त्री, सांसद, मेयरलगायतका जनप्रतिनिधिले आफू अनुकूल कर्मचारी माग गर्दा उनीहरुको परिचालनमा समस्या देखिएको प्रष्टयाए ।
मन्त्री मोदीले कर्मचारीहरुले दुर्गम क्षेत्रमा जानै नचाहेको गुनासो पनि गरे । आफूले भने दुर्गम र सुगम मिलाएर उनीहरुको सरुवा प्रणालीलाई व्यवस्थित बनाउने कामलाई अघि बढाएको पनि उनको भनाई थियो ।
मन्त्री मोदीले स्थानीय तहको अनियमितता रोक्नका लागि आफूले निमित्त कर्मचारी पठाउन नचाहे पनि त्यसका लागि कर्मचारीहरुकै अभाव रहेको पनि स्मरण गराए ।
मन्त्री मोदीले काठमाडौँ र त्यस वरपर मात्रै रहने कर्मचारीहरूमा विकृत चाहना रहेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्न आफू लागि परेको बताए । उनले संघीय निजामती सेवा ऐन चालू संसदबाट पारित गराउने गरी ल्याउन चाहेको पनि बताए । मन्त्री मोदीले अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा स्वीकृतिका लागि सो ऐनको मस्यौदा पठाइएको पनि बैठकलाई जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण