कोभिडबाट लगातार दोस्रो दिन मृत्यु
काठमाडौँ । कोभिड–१९ को सङ्क्रमणबाट नेपालमा लगातार दोस्रो दिन मृत्यु भएको छ । योसँगै देशमा कोभिडबाट मृत्यु हुने कूल सङ्ख्या १२ हजार २२ पुगेको छ ।
असोज ८ गतेपछि पहिलो पटक मंगलबार कोरानाभाइरस (कोभिड–१९) सङ्क्रमणका कारण ज्यान गएको थियो । मंगलबार ज्यान गुमाउने कोरोना सङ्क्रमित ७८ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए । सङ्क्रमणका कारण मृत्यु भएका पुरुषलाई सुगर, प्रेसर लगायतका स्वास्थ्य समस्या थियो । उनको काठमाडौँमा उपचार भइरहेको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १२१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ३७७ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ५८ जना एन्टीजेन विधिबाट ६३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप ८१ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै पीसीआर विधिबाट देशभर सङ्क्रमितको सङ्ख्या ४४५ पुगेको छ । यही अवधिमा थप ४२ हजार १८० जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण