वैशाख १५ गते तीन फिल्म भिड्ने
काठमाडौँ । फिल्म ‘नाइँ नभन्नु ल ६’ वैशाख १५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।
वैशाख १ गते सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्मका निर्माताविरुद्ध चलचित्र विकास बोर्डमा उजुरी परेको कारण सरेर १५ वैशाखमा पुगेको हो ।
निर्माता तथा निर्देशक विकासराज आचार्यले फिल्म अब वैशाख १५ गते रिलिज गर्ने जानकारी दिए । ‘नाइँ नभन्नु ल ६’ वैशाख १५ मा आउने भएपछि सो मितिमा तीन फिल्म जुध्ने भएको छन् । किनभने सो मितिमा ‘प्रसाद २’ र ‘कैदीको पत्र’ले केही अगाडि प्रदर्शन मिति घोषणा गरिसकेका छन् ।
फिल्म ‘नाइँ नभन्नू ल ६’ आशीर्वाद क्षेत्री, आँचल शर्मा, केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल, खड्ग बहादुर पुन, अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुइँटेलका छोरा अथर्वको पनि अभिनय छ । आख्यान फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा विकासराज आचार्य र विष्णुमणि दाहाल हुन् ।
यस्तै फिल्मका ‘कैदीको पत्र’ का निर्देशक सनम कुमार बैराग हुन् । स्कटल्याण्डमा छायांकन भएको फिल्ममा कुनाल र म्याडिशनको अलवा सलिना थापामगर, पृथ्वीराज खत्री, सुबर्ण थापा, मनिष श्रेष्ठ लगायतका नेपाली तथा ब्रिटिश कलाकारहरुको अभिनय छ । दिल घले, नानी बैराग, कैलाश बिश्वकर्मा र हिराल जोशी फिल्मका निर्माता हुन् ।
त्यस्तै ‘प्रसाद २’ सुदर्शन थापाले निर्देशन गरेका हुन् । फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी लगायत कलाकारको अभिनय छ । फिल्मका निर्माता सुभाष थापा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण