गण्डकी प्रदेश सरकारको नेतृत्व आलोपालो हुनसक्छ : पाण्डे
काठमाडौँ । नेपाली कांग्रेस गण्डकी प्रदेशसभाका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सरकारको नेतृत्व आलोपालो हुनसक्ने बताएका छन् । नेपाली कांग्रेस गोरखाले आज बिहान यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता पाण्डेले अन्य प्रदेशमा जस्तै गण्डकी प्रदेशमा पनि कांग्रेस र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्न सक्ने बताए ।
‘अहिले प्रदेश सरकारको नेतृत्व आलोपालो भन्ने कुरा आएको छ’, नेता पाण्डेले भने, ‘गण्डकी प्रदेशमा मात्र होइन सातवटै प्रदेशमा आलोपालो सरकारको नेतृत्व हुनसक्छ ।’ नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्रीका दाबेदारसमेत रहनुभएका नेता पाण्डेले प्रदेशको निर्वाचनको चुनाव लड्ने क्रममा नै आफूले मुख्यमन्त्रीका लागि गृहकार्य गरेको बताए ।
‘प्रदेश सरकारको नेतृत्वको सन्र्दभमा सबै कुराको टुङ्गो प्रदेशमा पनि लाग्दैन’, उनले भने, ‘यी विषय शीर्ष नेताका बीचमा छलफल भएर केन्द्रीय तहमै टुङ्गो लाग्ने कुरा पनि हुन् ।’
नेकपा (एमाले) को नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारलाई नेकपा (माओवादी केन्द्र)ले दिएको समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा रहेकाले मुख्यमन्त्री खगराज अधिकारी सरकार बसिरहनु उचित नहुने उनको भनाइ छ । ‘हामीले सरकार अल्पमतमा परिसक्यो, अल्पमतको सरकारमा बसिरहनु स्वाभिामान देखिँदैन भन्दा पनि उहाँ सरकारमा बसिरहनुभएको छ’, नेता पाण्डेले भने, ‘अब बहुमत पाउने सम्भावना नभएकाले उचित निकास लागि दिनका लागि पनि सुझाव दिइसकेका छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण