राजनीति
ढाकाकुमारले व्यवसायी प्रसाईँसँग कुराकानी गरेको रास्वपाको निष्कर्ष
बुधबार, २९ चैत २०७९, १९ : ४७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईँसँग कुराकानी गरेको निष्कर्षमा पुगेकाे छ ।
बुधबार केन्द्रीय पार्टी कार्यालयमा बसेको पार्टीको बैठकले व्यवसायी प्रसाईँसँग श्रेष्ठले फोनमा कुराकानी गरेर दुई करोड रुपैयाँ मागेको निष्कर्ष निकालेको हो ।
केही दिन अघि श्रेष्ठले मन्त्री बन्नको लागि पार्टीलाई बुझाउन भन्दै व्यवसायी प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको अडियो बाहिरिएको थियो ।
तर, श्रेष्ठले उक्त अडियो आफ्नो नभएको दाबी गर्दै आएका थिए । बुधबार बसेको रास्वपाको बैठकले उक्त फोन वार्ता श्रेष्ठको नै भएको निष्कर्ष निकालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण