आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

ढाकाकुमारले व्यवसायी प्रसाईँसँग कुराकानी गरेको रास्वपाको निष्कर्ष

बुधबार, २९ चैत २०७९, १९ : ४७
बुधबार, २९ चैत २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईँसँग कुराकानी गरेको निष्कर्षमा पुगेकाे छ ।

बुधबार केन्द्रीय पार्टी कार्यालयमा बसेको पार्टीको बैठकले व्यवसायी प्रसाईँसँग श्रेष्ठले फोनमा कुराकानी गरेर दुई करोड रुपैयाँ मागेको निष्कर्ष निकालेको हो । 

केही दिन अघि श्रेष्ठले मन्त्री बन्नको लागि पार्टीलाई बुझाउन भन्दै व्यवसायी प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको अडियो बाहिरिएको थियो ।

तर, श्रेष्ठले उक्त अडियो आफ्नो नभएको दाबी गर्दै आएका थिए । बुधबार बसेको रास्वपाको बैठकले उक्त फोन वार्ता श्रेष्ठको नै भएको निष्कर्ष निकालेको हो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप