फिल्म तथा रङ्गमञ्चकी चर्चित अभिनेत्री उत्तरा बाओकरको निधन

हिन्दी र मराठी चलचित्रकी प्रख्यात अभिनेत्री तथा थिएटर कलाकार उत्तरा बाओकरको बुधवार पुणेमा निधन भएको छ । उनी ७९ वर्षकी थिइन् ।
तमस, सरदारी बेगम, तक्षक, दोर, आजा नच ले जस्ता हिन्दी फिल्म र दोघी, उत्तरायण, रेस्तरां, संहिता जस्ता मराठी फिल्ममा अभिनय गरेकी बाओकरले दिल्लीको प्रतिष्ठित नेशनल स्कुल अफ ड्रामाबाट अभिनयको अध्ययन गरेकी थिइन् ।
सन् १९४४ मा महाराष्ट्रको सांगली जिल्लामा जन्मेकी बाओकरले पद्मावती, मीना गुर्जरी, तुघलक, छोटे सैयद बडे सैयद र उमराव जान जस्ता चर्चित नाटकहरूमा महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् ।
उनले उडान, अन्तराल, रिश्ते, कोरा कागज, नजराना, जस्सी जैसी कोई नही जस्ता धेरै सिरियलमा अभिनय गरेकी छिन् ।
बाओकरलाई हिन्दी थिएटरमा उनको योगदानको लागि सन् १९८४ मा सङ्गीत नाटक अकादमीबाट सम्मानित गरिएको थियो ।
उनले मृणाल सेनको फिल्म ‘एक दिन अचानक’का लागि सन् १९८८ मा सर्वश्रेष्ठ सहायक अभिनेत्रीको लागि राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेकी थिइन् ।
बाओकरको निधनपछि धेरै व्यक्ति तथा सङ्घसंस्थाले ट्विट गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गायक तथा संगीतकार गणेश रसिकको निधन
-
बङ्गलादेशमा पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध मुद्दा चलाइने
-
मृत पशुपन्क्षीलाई श्रद्धाञ्जली दिएर मनाइयो नार्ड
-
लयमा फर्किए मेस्सी र स्वारेज, कोलम्बसलाई हराउँदै तेस्रो स्थानमा उक्लियो इन्टर मियामी
-
‘नेक ब्लास्ट’ रोगले बोटमै सुक्यो धान
-
स्वास्थ्यमा गण्डकीको फड्को : १३ अस्पतालको स्तरोन्नति