फिल्म तथा रङ्गमञ्चकी चर्चित अभिनेत्री उत्तरा बाओकरको निधन
हिन्दी र मराठी चलचित्रकी प्रख्यात अभिनेत्री तथा थिएटर कलाकार उत्तरा बाओकरको बुधवार पुणेमा निधन भएको छ । उनी ७९ वर्षकी थिइन् ।
तमस, सरदारी बेगम, तक्षक, दोर, आजा नच ले जस्ता हिन्दी फिल्म र दोघी, उत्तरायण, रेस्तरां, संहिता जस्ता मराठी फिल्ममा अभिनय गरेकी बाओकरले दिल्लीको प्रतिष्ठित नेशनल स्कुल अफ ड्रामाबाट अभिनयको अध्ययन गरेकी थिइन् ।
सन् १९४४ मा महाराष्ट्रको सांगली जिल्लामा जन्मेकी बाओकरले पद्मावती, मीना गुर्जरी, तुघलक, छोटे सैयद बडे सैयद र उमराव जान जस्ता चर्चित नाटकहरूमा महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् ।
उनले उडान, अन्तराल, रिश्ते, कोरा कागज, नजराना, जस्सी जैसी कोई नही जस्ता धेरै सिरियलमा अभिनय गरेकी छिन् ।
बाओकरलाई हिन्दी थिएटरमा उनको योगदानको लागि सन् १९८४ मा सङ्गीत नाटक अकादमीबाट सम्मानित गरिएको थियो ।
उनले मृणाल सेनको फिल्म ‘एक दिन अचानक’का लागि सन् १९८८ मा सर्वश्रेष्ठ सहायक अभिनेत्रीको लागि राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेकी थिइन् ।
बाओकरको निधनपछि धेरै व्यक्ति तथा सङ्घसंस्थाले ट्विट गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण