कोहली र अनुष्काले छोरीलाई बलात्कारको धम्की दिने व्यक्तिलाई दिए माफी
भारतीय क्रिकेट टिमका पूर्व कप्तान विराट कोहली र अनुष्का शर्माकी छोरीलाई बलात्कार गर्ने धम्की दिने आरोपी विरुद्धको मुद्दा बम्बई उच्च अदालतले खारेज गरेको छ । मिडिया रिपोर्टका अनुसार कोहली र अनुष्काले आरोपितलाई माफ गरिसकेका छन् । आरोपी आईआईटी स्नातक हुन् ।
बम्बे उच्च अदालतमा, एएस गडकरी र पीडी नायकको बेन्चले सोमबार उजुरी खारेज गर्यो । कोहलीका प्रबन्धक अकिल डिसुजाले हैदरावादका रामनागेश अकुवाथिनी नामका आरोपी विरुद्धको मुद्दा फिर्ता लिन अदालतमा सहमति जनाएका थिए ।
पाकिस्तानसँग हारेपछि आरोपी आक्रोशित भएका थिए
२४ अक्टोबर २०२१ मा, विराट कोहलीको कप्तानीमा रहेको टिम इन्डिया टी–२० विश्वकपमा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो । यो हारपछि आई आइटी हैदराबादबाट स्नातक गरेका रामनागेशले सामाजिक सञ्जालमा कोहलीको छोरीलाई बलात्कार गर्ने धम्की दिएका थिए ।
अभियुक्त नोभेम्बरमा पक्राउ परेका थिए
नोभेम्बर ८, २०२१ मा, सामाजिक सञ्जालमा धम्की पछि आरोपी विरुद्ध थुप्रै मुद्दा दर्ता गरिएको थियो । ११ नोभेम्बरमा मुम्बई प्रहरीले आरोपीलाई पक्राउ गरेको थियो । पक्राउ परेको ९ दिनपछि मात्रै आरोपीले जमानत पाएका छन् ।
अभियुक्तले मुद्दा फिर्ता लिन अपिल गरे
आरोपित रामनागेशले फेब्रुअरी २०२२ मा मुम्बई उच्च अदालतमा आफू विरुद्धको मुद्दा खारेज गर्न याचिका दायर गरेका थिए । आरोपितले आफू जेईई एडभान्स (आईआईटीको प्रवेश परीक्षा) को टपर भएको बताए । उनलाई आफ्नो करियरको चिन्ता भएको र विदेशमा जागिर खान चाहेको बताएका थिए । तर मुद्दाका कारण उनलाई समस्या भइरहेको पनि उनले बताए ।
यो अपिलपछि कोहली र अनुष्काले पनि आरोपीलाई माफी दिएका थिए । उनका वकिलले बम्बे उच्च अदालतमा यो कुरा पुष्टि गरे र अब मुद्दा खारेज भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण