सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सलमानका लगभग सबै गाडीको नम्बर एकै खाले : जन्मदिनसँग सम्बन्धित छन्, के–कस्ता छन् विशेषता ?

बिहीबार, ३० चैत २०७९, १० : ०८
बिहीबार, ३० चैत २०७९

सलमान खानलाई लगातार धम्की आइरहेको छ । यसैबीच, आफ्नो सुरक्षालाई मध्यनजर गर्दै  उनले विशेष गरी दुबईबाट नयाँ कार अर्डर गरेका छन् । निसानको यो कारको मूल्य करिब एक करोड भारु रहेको छ । कार पूर्ण रूपमा बुलेट प्रुफ बनाइएको छ । अब प्रशंसकहरूले यो कारमा एउटा विशेष कुरा याद गरेका छन् ।

वास्तवमा कारको नम्बर प्लेटमा २७२७ लेखिएको छ । यो नम्बरसँग सलमानको विशेष सम्बन्ध छ । सलमानको जन्मदिन डिसेम्बर २७ मा पर्छ, त्यसैले सलमानको स्वामित्वमा रहेका लगभग सबै गाडीहरूमा एउटै प्रकारका नम्बरहरू छन् ।

salman carगाडीमा ४१ एमएम बाक्लो सिसा राखिएको छ

यो कारमा ४१ एमएम मोटो सिसा छ । राइफलले हमला गर्दासमेत गाडीभित्र बस्ने व्यक्तिलाई कुनै हानी हुँदैन । गाडीलाई पूर्ण रूपमा सुरक्षालाई ध्यानमा राखेर निर्माण गरिएको छ । यसको चक्का यस्तो छ कि गाडी बिच बाटोमा पङ्क्चर भयो भने पनि केही किलोमिटरसम्म आरामसँग चल्छ । यद्यपि यो कार अहिलेसम्म भारतमा लन्च भएको छैन । सलमानले विशेष गरी दुबईबाट आफ्नो लागि आयात गरेका हुन् ।

सलमानलाई एसयूभी गाडी मन पर्छ

सलमानलाई एसयूभी गाडीको शौक छ । उनी प्रायः यस्तै गाडीमा देखिन्छन् । शाहरुख र आमिर जस्ता सेलिब्रिटी सेडानमा यात्रा गर्न रुचाउँछन् तर सलमान एक यस्ता कलाकार  हुन् जो सुरुदेखि नै स्पोर्ट्स कारहरूमा घुमिरहेका छन् । अब चाहे त्यो टोयोटाको ल्यान्ड क्रुजर होस्, रेन्ज रोभर होस् वा मर्सिडिज जीएलई नै किन नहोस् ।

आउनुहोस्, सलमानका गाडी कस्ता छन्, त्यसमाथि नजर राखौँ ।

salman car1१.  रेन्ज रोभर भोग

सलमान खान प्रायः यो कारमा यात्रा गर्दै आएका छन् । यो कारमा सलमान बाहेक उनका बुबा सलिम खान पनि धेरै पटक देखिएका छन् । यो गाडीको मूल्य करिब २.३९ करोड भारु रहेको छ ।

salman car2२. मर्सिडिज AMG GLE 63s

सन् २०१५ देखि २०१७ सम्म सलमान प्रायः यो कारमा देखिएका थिए । भारतमा यो कारको मूल्य २.२३ करोड रहेको बताइएको छ । सन् २०१७ पछि, सलमानले यो कारलाई टोयोटा ल्यान्ड क्रुजरसँग साटे ।

salman car3३. अडी A8L

सलमानको ग्यारेजमा ए८एल पनि छ । यद्यपि सलमान यो कारमा कमै गुड्छ । यसको मूल्य लगभग १.६३ करोड भारु रहेको छ ।

salman car4४. टोयोटा ल्यान्ड क्रुजर

यो सलमान खानको मन पर्ने कार मध्ये एक हो । सन् २००२ मा हिट एन्ड रनका बेला सलमानसँग एउटै ल्यान्ड क्रुजर रहेको बताइएको छ । यद्यपि, अब उनीसँग यसको नयाँ मोडेल छ । यो कार पूर्ण रूपमा कस्टमाइज छ । यसलाई विशेष रूपमा बुलेट प्रुफ बनाइएको छ । यसको लागत लगभग २.१० करोड छ ।

salman car5५. निसान पेट्रोल

यो सलमानको लेटेस्ट कार हो । लरेन्स बिश्नोई गिरोहको लगातारको धम्कीका बीच उनले यो कार किनेका हुन् । यसको मूल्य ८० लाखदेखि एक करोड भारुसम्म रहेको छ ।

salman car6सलमानलाई इलेक्ट्रिक साइकल पनि मन पर्छ

एसयूभीका अलावा सलमानलाई इलेक्ट्रिक साइकल पनि मन पर्छ । उनले जुलाई २०१७ मा आफ्नो ब्राण्ड बिइङ्ग ह्युमनबाट इलेक्ट्रिक साइकल लन्च गरेका थिए । यी सबै साइकलको मूल्य ५३ हजारदेखि ४ लाख रुपैयाँसम्म रहेको छ ।

मोटरसाइकलबाट निस्कने प्रदूषित धुवाँबाट वातावरण जोगाउन यस्तो साइकल बनाइएको कम्पनीले बताएको छ । यसका साथै साइकल चलाउँदा स्वास्थ्य पनि राम्रो हुन्छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप