‘भारत विकासशील देशहरूको पक्षमा छ’
रोम । भारतका केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले बुधबार भारत ‘विकासशील देशहरूको पक्षमा’ रहेको तथा उनीहरूका विकासका चाहना र समस्या समाधानका निम्ति आवाज उठाउँदै आएको बताउँदै भारतले नै विश्वमा दक्षिणको प्रतिनिधित्व गरिरहेको दाबी गरेका छन् ।
भारत र इटालीका व्यापारीहरूको उपस्थितिमा यहाँ भएको एक कार्यक्रममा मन्त्री गोयलले भारत अल्प विकसित देशहरूको उज्ज्वल भविष्यका निम्ति संसारका अन्य भागहरूमा आवाज उठाउन सक्रिय भएर लागेको दाबी गरे । विकासको प्रक्रियामा रहेका देशलाई सघाउनुपर्छ भन्ने मान्यताका साथ भारतले विश्व मञ्चहरूमा आवाज उठाउँदै आएको उनले दोहोर्याए ।
सो अवसरमा इटालीका लागि भारतका राजदूत नीना मल्होत्राका साथै इटालीका विदेश मामिला तथा अन्तरराष्ट्रिय सहयोगमन्त्री एडमन्डो सिरिएलीलगायत उपस्थित रहेका थिए ।
मन्त्री गोयल हाल फ्रान्स र इटालीको औपचारिक भ्रमणमा रहेका छन् । उनी नेतृत्वको प्रतिनिधिमण्डलमा साथ भारतका प्रमुख व्यापारिक प्रतिष्ठानका शीर्ष प्रमुख कार्यकारी अधिकृतहरू छन् । बुधबार पेरिसमा भएको भारत–फ्रान्स व्यापार शिखर सम्मेलन तथा प्रमुख कार्यकारी अधिकृतहरूको गोलमेच बैठकमा उनले भारत अवसरको खानी भएको बताउँदै त्यहाँ लगानी गरेर लाभान्वित हुन आमन्त्रण गरेका थिए ।
मन्त्री गोयलको यो भ्रमणबाट युरोपमा रहेका भारतका प्रमुख व्यापारिक साझेदारसँगको द्विपक्षीय सम्बन्धलाई थप गतिशील बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण