कर्जा असुलीको सूचना निकाल्दा लघुवित्तले ऋणीको फोटो छाप्न नपाउने निर्णय
काठमाडौँ । लघुवित्त वित्तीय संस्थाहरुले पनि कर्जा असुलीको सार्वजनिक सूचना प्रकाशित गर्दा ऋणीको फोटो सार्वजनिक गर्न नपाउने भएका छन् ।
केन्द्रीय बैंकले शुक्रबार ‘घ’ वर्गको इजाजतपत्रप्राप्त लघुवित्त संस्थाहलाई जारी एकीकृत निर्देशन, २०७८ संशोधन तथा परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो ।
एकीकृत निर्देशनको बुँदा १३ मा भएको कर्जा असुली सम्बन्धी कारबाही सम्बन्धी यसअघिको व्यवस्था परिमार्जन गर्दै बैंकले ‘कर्जा असुलीको लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्बिर प्रकाशन गर्न पाइने छैन’ भन्ने व्यवस्था गरेको छ । यसअघि यस्तो व्यवस्था थिएन ।
यसअघि केन्द्रीय बैंकले इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई समेत यस्तो व्यवस्था गरेको थियो ।
यद्यपि, एकीकृत निर्देशनको नं ३÷०७८ को बुँदा नं.२ को सम्बन्धी स्पष्टीकरणमा थप व्यवस्था गर्दै लघुवित्त वित्तीय संस्थाले कुनै ऋणीले एउटा प्रयोजन वा शीर्षकअन्तर्गत कर्जा उपभोग गरेको अवस्थामा बैंकले तोकेको सीमाभित्र रही अन्य थप शीर्षकमा समेत कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण