उद्योग वाणिज्य महासंघको कमाण्ड सम्हालेसँगै ढकालका पाँच प्राथमिकता सार्वजनिक
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको कमाण्ड सम्हालेसँगै चन्द्रप्रसाद ढकालले पाँच प्राथमिकता सार्वजनिक गरेका छन् ।
बिहीबार महासंघको अध्यक्ष पद सम्हाल्दै ढकालले आफ्ना पाँच प्राथमिकता सार्वजनिक गरेका हुन् ।
निवर्तमान अध्यक्ष शेखर गोल्छाबाट पद तथा गोपनीयताको शपथ लिएपछि उनले पदभार ग्रहण गरेका थिए ।
उनले आफ्ना पाँच प्राथमिकतामा वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने र व्यवसायीहरुको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने उल्लेख गरेका छन् ।
अध्यक्ष ढकालले लामो समयदेखि जारी राखेको सर्वसम्मतिको प्रयास अन्तिममा सफल भएको बताए । उनले अध्यक्षका रुपमा महासंघको छविलाई आगामी दिनमा अझ उच्चो बनाउनेमा विश्वास व्यक्त गरे ।
महासंघमा दुई कार्यकाल कार्यकारिणी समिति सदस्य रहेका ढकालले लगानी समिति, रोजगारदाता परिषद्को सभापति, एसोसिएट उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण