शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

उद्योग वाणिज्य महासंघको कमाण्ड सम्हालेसँगै ढकालका पाँच प्राथमिकता सार्वजनिक

बिहीबार, ३० चैत २०७९, १९ : ५०
बिहीबार, ३० चैत २०७९

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको कमाण्ड सम्हालेसँगै चन्द्रप्रसाद ढकालले पाँच प्राथमिकता सार्वजनिक गरेका छन् । 

बिहीबार महासंघको अध्यक्ष पद सम्हाल्दै ढकालले आफ्ना पाँच प्राथमिकता सार्वजनिक गरेका हुन् । 

निवर्तमान अध्यक्ष शेखर गोल्छाबाट पद तथा गोपनीयताको शपथ लिएपछि उनले पदभार ग्रहण गरेका थिए । 

उनले आफ्ना पाँच प्राथमिकतामा वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने र व्यवसायीहरुको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने उल्लेख गरेका छन् । 

अध्यक्ष ढकालले लामो समयदेखि जारी राखेको सर्वसम्मतिको प्रयास अन्तिममा सफल भएको बताए । उनले अध्यक्षका रुपमा महासंघको छविलाई आगामी दिनमा अझ उच्चो बनाउनेमा विश्वास व्यक्त गरे ।  

महासंघमा दुई कार्यकाल कार्यकारिणी समिति सदस्य रहेका ढकालले लगानी समिति, रोजगारदाता परिषद्को सभापति, एसोसिएट उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप