हामी र हाम्रो भन्ने साझा भावनाको विकास गरौं : प्रदेश प्रमुख शर्मा
हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ वर्ष २०८० का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले आज एक सन्देश जारी गर्दै नयाँ वर्षको शुभकामना व्यक्त गरेका हुन् ।
उनले जारी गरेको शुभकामना सन्देशमा भनेका छन्– ‘देशलाई सर्वोपरि राखी हामी र हाम्रो भन्ने साझा भावनाको विकास गर्न आजैका दिनदेखि मन, वचन र कर्मले लागिपर्न प्रतिबद्ध रहन सकौँ ।’ उनले संविधानले निर्धारित गरेको लक्ष्य र राष्ट्रले तय गरेको गन्तव्यमा पुग्न हाम्रो दृढनिश्चय र कठोर सङ्कल्प चाहिने बताएका छन् । यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरणमा थप टेवा पुर्याउन सक्ने उनको भनाइ छ ।
‘हाम्रो बीचमा रहेको सद्भाव, भातृत्व र सहिष्णुता अझ प्रगाढ र कसिलो बन्न सकोस्, स्थायी शान्ति, दिगो विकास र आर्थिक समुन्नतिको मार्गप्रशस्त हुन सकोस्’, शुभकामना सन्देशमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण