जलन उपचाररत सांसद भण्डारीद्वारा नयाँ वर्षमा भारतबाट भिडियो सन्देश
काठमाडौँ । भारतमा जलन उपचाररत नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले नयाँ वर्षको अवसरमा भिडियोमार्फत शुभकामना सन्देश व्यक्त गरेका छन् । उनले भने, ‘स्वदेश तथा विदेशमा बस्ने बस्ने नेपालीहरु २०८० को उपलक्ष्यमा नयाँ वर्ष मनाइरहेका छौं । एक अर्कोले सुख शान्ति, समृद्धिको कामना गरिरहेका छौं । यस अवसरमा सम्पूर्ण नेपालीलाई म नयाँ वर्षको सुख शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्न चाहन्छु ।’
शुभचिन्तकहरुको माया, सद्धभाव, प्रेम र प्राथनाका कारण आफ्नो स्वास्थ्यमा सुधार भइरहेको उनले बताए । ‘मेरो स्वास्थ्यको कारणले गर्दा हजुरहरुसति म सहभागी हुन सकिरहेको छैन । तपाईहरुको माया सद्धभाव, प्रेम र प्राथनाका कारण मेरो स्वास्थ्यमा सुधार भइरहेको छ,’ सांसद भण्डारीले भने । छिट्टै नेपालमै उपचार गर्ने सांसद भण्डारीले बताए । ‘छिट्टै नै म तपाईहरुसित उपस्थित भएर त्यही नै मेरो स्वास्थ्य उपचार गर्ने छु । यस नयाँ वर्षको उपलक्ष्यमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै छु । धन्यवाद जय नेपाल ।’
बुद्धनगरस्थित निवासमा गत फागुन ३ गते ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी घाइते भएका थिए। सुरूमा कीर्तिपुरस्थित अस्पतालमा उपचार गराएर उनलाई थप उपचारका लागि भारत लगिएको थियो। फागुन ४ गतेदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भण्डारीको उपचार भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण