बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

प्रादेशिक अस्पताल जनकपुरका प्रमुखले नै चलाउँछन् निजी क्लिनिक

मन्त्रालयको निर्देशनसमेत प्रभावहीन
शुक्रबार, ०१ वैशाख २०८०, ११ : ५७
शुक्रबार, ०१ वैशाख २०८०

जनकपुरधाम । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत चैत्र १५ मा एक सूचना जारी गर्दै निजी अस्पतालबाट सरकारी चिकित्सकको नाम हटाउन निर्देशन दियो ।

सरकारी अस्पतालमा सेवा लिन आउने सेवाग्राहीले सरकारी चिकित्सकबाट सहज रुपमा सेवा लिन पाउन् भन्ने उद्देश्यका साथ मन्त्रालयले यस्तो निर्देशन दियो । तर, मन्त्रालयले निर्देशन दिएको १५ दिन बितिसक्दा पनि त्यसको प्रभाव भने शून्य देखिएको छ ।

राज्यले आफ्ना नागरिकलाई सहज र सुलभ तरिकाले उपचार सेवा दिने नीति अपनाएको छ । स्वास्थ्य सेवामा सुलभ र सहज पहुँचका लागि सरकारले न्यून खर्चमा उपचारको व्यवस्था गरेको छ । जसका लागि सरकारले हजारौँ स्वास्थ्य चौकी तथा सानादेखि ठुला अस्पताल स्थापना गरेको छ । जसमा नागरिकले आफ्नो स्वास्थ्योपचार गराउन सक्छन् । तर, जनकपुरमा भने दृश्य फरक छ ।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालका करिब सबै चिकित्सक निजी क्लिनिकमा काम गर्दै आएका छन् । स्वयं अस्पतालका प्रमुख निर्देशकले अस्पतालको मेन गेट अगाडि नै निजी क्लिनिक सञ्चालन गरिरहेको सहजै देखिन्छ । अन्य चिकित्सकहरुको नामसहित ठुलो अक्षरमा लेखिएको बोर्डहरु प्रादेशिक अस्पताल अगाडि नै झुण्डिएको देख्न सकिन्छ ।

प्रादेशिक अस्पतालमा बाहिर क्लिनिकको भन्दा सस्तोमा उपचार हुन्छ । सरकारले लागू गरेको विभिन्न योजना अनुसार औषधि निःशुल्क पाउनेदेखि उपचारमा पनि छुट हुन्छ । तर, अस्पतालमा कार्यरत चिकित्सहरूको क्लिनिक मोहले गरिब तथा विपन्नलाई समस्या उत्पन्न गराएको छ ।

राजधानी जनकपुरधाममै प्रदेश सरकारको मातहतमा रहेको अस्पतालमा उपचारका लागि दैनिक हजारौँको संख्यामा बिरामीको भिड लाग्ने गरेको छ । प्रदेशका आठवटै जिल्ला तथा सीमापारी भारतबाट समेत बिरामीहरु उपचारका लागि त्यहाँ पुग्ने गरेका छन् । अस्पतालमा बिरामीको भिड लागे पनि त्यहाँ चिकित्सक भेटिँदैनन् । किनभने उनीहरु तलब सरकारीमा र काम निजी क्लिनकमा गर्ने भएकाले प्रादेशिक अस्पतालमा आउने बिरामीहरु बिचल्लीमा पर्ने गरेका छन् ।

सरकारको सेवासुविधा लिने तर, काम भने आफ्नो निजी क्लिनिकमा गर्ने चिकित्सकहरूको परिपाटी यहाँ पुरानै छ । यो परिपाटी सुधारका लागि कसैले पहलसमेत गरेका छैनन् ।

सर्लाहीका सतिश सिंहले रातोपाटीसँग भने, ‘प्रादेशिक अस्पताल जनकपुरलाई प्रदेशकै नमूना अस्पताल बनाउनुपर्ने हो । यसमा यहाँ कार्यरत सबै चिकित्सक र प्रदेश सरकारले भूमिका निर्वाह गर्नुपर्छ । तर, त्यस्तो देखिँदैन । अनि बिरामी यहाँ किन आउने ?’

जनकपुर निवासी गंगिया देवीको पनि गुनासो त्यस्तै छ । अस्पतालमा भर्ना भएका एक जना आफन्तलाई भेट्न पुगेकी उनले समयमा डाक्टर नै उपलब्ध नहुने समस्या आफूले देखेको बताइन् ।

प्रादेशिक अस्पतालको विडम्बना यतिसम्म छ कि, विभागीय प्रमुखहरू नै आफ्नो कार्यालय समयमा भेटिँदैनन् । विभागीय प्रमुखहरूको सूची हेर्दा अधिकांशको अस्पताल आसपास नै क्लिनिक भेटिन्छ । अस्पतालका प्रमुखको पनि क्लिनिक सरकारी अस्पताल नजिकै छ ।

उनी भन्छिन्, ‘सरकारी अस्पतालमा भर्ना भएका बिरामीलाई डाक्टरहरूले क्लिनिकमै आउन भन्छन् । अस्पतालमा भिड धेरै हुन्छ, राम्रोसँग समय दिन सकिँदैन, त्यसैले क्लिनिकमा आउनुस् भन्छन् ।’

सरकारी अस्पतालमा भिड हुनु स्वाभाविक हो । प्रादेशिक अस्पतालमा सेवा नै प्रवाह नहुने त होइन तर, अस्पतालका चिकित्सकहरुले आफ्नै क्लिनिकमा बढी समय बिताउँदा अस्पतालको सेवा प्रवाहमा समस्या हुने गरेको छ ।

प्रादेशिक अस्पतालमा बाहिर क्लिनिकको भन्दा सस्तोमा उपचार हुन्छ । सरकारले लागू गरेको विभिन्न योजना अनुसार औषधि निःशुल्क पाउनेदेखि उपचारमा पनि छुट हुन्छ । तर, अस्पतालमा कार्यरत चिकित्सहरूको क्लिनिक मोहले गरिब तथा विपन्नलाई समस्या उत्पन्न गराएको छ ।

माथिका यी घटना प्रतिनिधिमूलक मात्रै हुन् । यस्ता समस्या प्रादेशिक अस्पताल पुग्ने अधिकांशको छ । हुने खाने र पहुँच भएकाहरूले निजीमै उपचार गराउँछन् वा क्लिनिकमै जान्छन् । तर, पैसा नहुनेहरु सरकारी अस्पताल नै पुग्छन् ।

प्रादेशिक अस्पतालको विडम्बना यतिसम्म छ कि, विभागीय प्रमुखहरू नै आफ्नो कार्यालय समयमा भेटिँदैनन् । विभागीय प्रमुखहरूको सूची हेर्दा अधिकांशको अस्पताल आसपास नै क्लिनिक भेटिन्छ । अस्पतालका प्रमुखको पनि क्लिनिक सरकारी अस्पताल नजिकै छ ।

सरकारले यसअघि पनि सरकारी सेवामा कार्यरत चिकित्सकले अनुमति लिएर, कार्यालय समय पूरा गरेरमात्रै निजीमा काम गर्न पाउने व्यवस्था लागू गर्ने भनेको थियो । तर, फितलो नीतिका कारण त्यो कार्यान्वयनमा आउन सकेन । जसका कारण सरकारी चिकित्सकलाई निजी क्लिनिकमा काम गर्न थप सहज भएको छ ।

प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा.प्रमोद कुमार यादवको नामसहितको क्लिनिक सरकारी अस्पतालको गेट नजिकै छ । हुन त उनी अस्पताल समय अनुसार अस्पतालमै भेटिन्छन् । तर, उनको निजी क्लिनिकमा पनि उत्तिकै भिड हुन्छ ।

pramod kumar yadav

अस्पतालको प्रमुख भएर काम गरिरहेका डा.यादवले नियम विपरीत आफै निजी क्लिनिक सञ्चालन गरिरहेकाले अन्य विभागीय प्रमुखलाई पनि केही भन्न सकेका छैनन् ।

डा.राम नरेश पण्डित प्रादेशिक अस्पताल जनकपुरको प्रसूति विभागका प्रमुख हुन् । तर, अस्पतालमा उनी कमै भेटिन्छन् । अस्पताल पुग्ने प्रायः बिरामी डा.पण्डितको क्लिनिकमै पुग्नुपर्ने बाध्यतामा छन् ।

ramnaresh

अस्पतालको पश्चिमतिर झन्डै एक सय मिटरको दुरीमा डा.पण्डितको क्लिनिक छ । अस्पतालमा उनीसँग जाँच गराउन आउने महिलाहरूको गुनासो नै हुन्छ– डाक्टरसाब अस्पतालमा भेटिनुहुन्न, त्यसैले क्लिनिकमा जानुपर्छ ।

प्रादेशिक अस्पतालका लगभग सबैजसो चिकित्सकको क्लिनिक छ र उनीहरूले एकातर्फ सरकारी स्रोतको दोहन गरिरहेका छन् भने अर्कोतर्फ सर्वसाधारणलाई पनि निजी क्लिनिकमा आउन बाध्य तुल्याएर व्यवसाय चलाइरहेका छन् ।

अर्का विभागीय प्रमुख हुन् डा.अमिय कुमार साह । उनी प्रादेशिक अस्पताल जनकपुरका कान, नाक तथा घाँटी रोग विभागमा प्रमुख हुन् । उनको क्लिनिक त अस्पतालको प्रमुख गेटबाटै देख्न सकिन्छ । उनी पनि अस्पतालमा भन्दा बढी क्लिनिकमै रमाउँछन् ।

amiyakumar

डा. रामदेव चौधरी पनि विभागीय प्रमुख हुन् । उनको क्लिनिक अस्पतालबाट एक सय मिटरको दुरीमा छ । डा. चौधरी वरिष्ठ फिजिशियन एवं पेट, कलेजो तथा मधुमेह रोग विशेषज्ञ भनेर उनको नामसहितको बोर्ड झुण्ड्याइएको छ ।

ramdev_chaudary

डा.मनिष पाण्डे वरिष्ठ कन्सल्टेन्ट फिजिसियन हुन् । उनको पनि प्रादेशिक अस्पताल बाहिर क्लिनिक छ । अस्पताल समयमा पनि उनी क्लिनिकमै बढी भेटिन्छन् ।

manish pandey

प्रादेशिक अस्पतालका लगभग सबैजसो चिकित्सकको क्लिनिक छ र उनीहरूले एकातर्फ सरकारी स्रोतको दोहन गरिरहेका छन् भने अर्कोतर्फ सर्वसाधारणलाई पनि निजी क्लिनिकमा आउन बाध्य तुल्याएर व्यवसाय चलाइरहेका छन् ।

सरकारी नियम अनुसार बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म कार्यालय समय हो । तर प्रादेशिक अस्पताल जनकपुरका चिकित्सकहरूमध्ये धेरैजसो कार्यालयसमय भित्र पनि आफ्नो क्लिनिकमा व्यस्त हुने गरेका छन् ।

notice doctor

यो समस्या समाधानका लागि प्रदेश सरकारले हालसम्म कुनै ठोस् नीति बनाएको छैन भने मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि केही गर्न सकेको छैन ।

1681320903184

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्रकुमार यादव
अमरेन्द्रकुमार यादव
लेखकबाट थप