नेकपा एकीकृत समाजवादीले वैशाख ९ गते नेकपा स्थापना दिवस मनाउने
काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गर्ने भएको छ ।
शुक्रवार काठमाडौँको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले सो निर्णय गरेको हो । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर वैशाख नौ गते अर्थात् २२ अप्रिलका दिन केन्द्रमा एउटा कार्यक्रम गर्ने र देशव्यापी रूपमा पनि विभिन्न कार्यक्रम गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकले आ–आफ्नो अनुकूल हुने गरी त्यस अवसरमा देशव्यापी रूपमा कार्यक्रम गर्न पनि मातहतका कमिटीहरूलाई निर्देशन दिएको छ । प्रवक्ता खतिवडाले भने, ‘बैठकले आगामी वैशाख नौ गते अर्थात अप्रिल २२ को दिन देशव्यापी रूपमा पार्टी स्थापना दिवस २००६ सालमा कम्युनिस्ट पार्टी स्थापना हुँदा २२ अप्रिलको दिन भएको थियो । कम्युनिस्ट पार्टीको स्थापना दिवस बनाउने भन्ने हाम्रो पार्टीले निर्णय गरेको छ । काठमाडौँमा एउटा केन्द्रीय कार्यक्रम हुँदै छ । प्रत्येक प्रदेश र जिल्लाहरूमा आ–आफ्नो अनुकूलता अनुसार उनीहरुले आफ्नो कार्यक्रम गर्नेछन् । देशव्यापी रूपमा यो कार्यक्रम गर्नका निम्ति पार्टीले निर्देशित गरेको छ ।’
बैठकले पार्टी परित्याग गरेका नेता मुकुन्द न्यौपानेको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय पनि गरेको छ । न्यौपानेले पार्टी परित्याग गरेकाले उनको नाम पार्टी अभिलेखबाट हटाउने निर्णय गरिएको पनि प्रवक्ता खतिवडाले बताए । उनले पार्टीको नीति र भावनाविरुद्ध केन्द्रीय कमिटीमा फरक मत राखेकाले सो विषयमा छलफल हुन नसकेको पनि स्पष्ट पारे ।
सो पार्टी परित्याग गरेका न्यौपानेलगायतका नेताहरु नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसकै अवसर पारेर एमाले प्रवेश गर्ने तयारीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण