म्यान्मारमा ड्रोन आक्रमणमा ८ जनाको मृत्यु
याङ्गुन । पश्चिमी म्यान्मारको सागाइङ क्षेत्रमा बिहीबार भएको ड्रोन आक्रमणमा परी पाँच बालबालिकासहित आठ जनाको मृत्यु भएको म्यान्मारको राज्य प्रशासन परिषद्ले जनाएको छ ।
साथै, घटनामा अन्य ३१ जना घाइते भएको परिषद्ले बताएको छ ।
स्थानीय समयअनुसार बिहीबार साँझ ५ः४० बजे सागाइङ क्षेत्रको सागाइङ शहरको एक गाउँमा रहेको एक सरकारी विद्यालय नजिकै ड्रोनमार्फत बम आक्रमण गरिएको समाचारमा जनाइएको छ ।
परम्परागत थिङयान जल महोत्सवको पूर्वसन्ध्यामा ड्रोनबाट चार वटा बम खसालेको बताइएको छ ।
मृत्यु हुनेमा परम्परागत थिङयान जल महोत्सव मनाइरहेका बालबालिकासहित गाउँले रहेका छन् । घाइतेलाई उपचारका लागि सागाइङ्ग अस्पतालमा पठाइएको जनाइएको छ ।
सोही दिन पूर्वी म्यानमारको शान राज्यको लाशियो शहरमा भएको बम विस्फोटमा परी चार जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका थिए । आक्रमणकारीको खोजी कार्य जारी रहेको बताइएको छ ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण